फिक्कल गाउँपालिकामा खाद्यान्न बैंक मार्फत राहत बितरण सुरु

2.8k Shares

 जिल्लाको फिक्कल गाउँपालिकाले खाद्यान्न बैंक मार्फत राहत बितरण सुरु गरेको छ ।गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक हरुको लागि खाद्या बैंक मार्फत राहत बितरण सुरु गरको हो ।

बुधबार फिक्कल गाउँपालिका ४ खााङसाङका ३४ घरधुरीअसंगठित क्षेत्रमा कार्यरत श्रमिक  विपन्न वर्गका परिवार लाई खाद्यान्न बैंकबाट वितरण गरिएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

बिभिन्न गैरसरकारी ताथ सरकारी संस्थाहरुले सहयोग गरेको खाद्यान्न सामग्रीहरु लाई खाद्यान्न बैंकमा संकलन गरेर राखिएको थियो । त्यहि सामाग्री अहिले पहिलो चरणम बितरण सुरु गरिएको उपाध्यक्ष सुनुवारले बताउनु भयो । उहाका अनुसार आज प्रति परिवार ३० केजी चामल, २ केजी दाल, २ केजी चिनी, १ लिटर खानेतेल, साबुन लगाएत सामग्री सहयोग गरिएको छ ।

उहाँले ‘ हाम्रो गाउँपालिका भित्र १ हजार ४ सय ४८ परिवार असंगठीत क्षेत्रमा कार्यरत मजदुरहरु रहेका जानकारी दिनुभयो ।’ गाउँपालिका भित्र रहेका असंगठित क्षेत्रमा काम गर्ने सबै परिवारलाई नेपाल सरकारको मापदण्ड अनुसार राहत प्याकेज उपलब्ध गराउने बताउनु भयो । राहत खरिदको लागि टेन्डर प्रक्रिया अगाडी बढिसकेको र एक दुई दिन भित्रमा नै राहत खरिद गरेर खाद्यान्न बैंकमा जम्मा गर्ने र बैक मार्फत सबै परिवारको घररघमा पु¥याउने समेत जानकारी दिनुभयो ।

सम्बन्धित समाचार