शक्तिको आडमा दुर्घटनाका पीडितलाई थप पीडित बनाइँदै

389 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६  स्थित परवानीपुरमा साउन ९ गते बुधबार लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको जानकी नेस्नल अस्पताल प्रा.लिका चिकित्सकले चलाएको प्रदेश २ ०३ ०२१ प ०९६७ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएको विषय लुकाउने तयारी भएको पाइएको छ ।
साउन ९ गते बुधबार दिउँसो अन्दाजी साँढे ५ बजे लालबन्दी नगरपालिका ८ घरई लालबन्दी नगरपालिका १६ परवानीपुरमा मामा घरमा बस्दै आएका अन्दाजी वर्ष चारका ग्याण्डी पाख्रिनलाई लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको जानकी नेस्नल अस्पताल प्रा.लिका चिकित्सकले चलाएको प्रदेश २ ०३ ०२१ प ०९६७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । त्यसपश्चात ठक्कर दिने प्रदेश २ ०३ ०२१ प ०९६७ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको भएपनि पीडित पक्षसंग मिलापत्र विनै प्रहरीले उक्त मोटरसाईकल छाडिदिए पछि दुर्घटना लुकाउने प्रयास भएको रहस्य बाहिरिएको हो ।
घाईते भएका पाख्रिनको अहिले लालबन्दी नगरपालिका ७ स्थित रहेको गाउँमैत्री मल्डीस्पेसियालिटी अस्पतालमा उपचार भई रहेको भएपनि पीडितपक्षसंगको मिलापत्र विनै उक्त सवारी साधन छाडिनु र दुर्घटनाको विवरण समेत प्रहरीले सार्वजनिक नगर्नुले शक्तिको आडमा पीडितलाई थप पीडा दिने काम भएको पाइएको हो ।दुर्घटनामा संग्लग्न मोटरसाईकका चालकको सवारी चालक पत्र समेत नभएका कारण शत्ति mको आडमा दुर्घटनालाई लुकाएर चाँडै मिलापत्र गराउने काम भएको स्थानीयको आरोप छ । 

सम्बन्धित समाचार