सर्लाहीको हरिवन नगरपालिका ७ को वडाध्यक्षमा १ भोटले हारजित देखिएपछि हरिवनको मतगणना कार्य रोकिएको छ । ईलाका प्रशासन कार्यालय हरिवनमा जारी रहेको मतगणना अन्र्तगत वडा नम्बर ७ मा निर्वाचन अधिकृतको लार्पबाहीका कारण आफुहरु मार परकेो भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विरोध गरेपछि रोकिएको मतगणना मंगलबार बिहान सर्वदलिय बैठक बसेर मात्र सञ्चालनमा आउने भएको छ ।
हरिवन नगरपालिका ७ को मतगणमा नेकपा(एमाले)ले धाँधली गरेको भन्दै नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुले पुनः मतगणनाको माग राख्दै विरोध गरेपछि दिउँसो १ बजेबाट रोकिएको मतगणना मंगलबार बिहान सर्वदलिय बैठक बसेर पुन मत गणना हुने वा के गर्नेभन्ने विषयमा अगाडी बढ्ने निर्वाचन अधिकृतको कार्यालय हरिवनले जनाएको छ ।
नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले एमालेको धाँधली विरुद्ध नारावाजी गर्नुका साथै सोमबार करिब १ घण्टा पुर्व पश्चीम लोकमार्गमा टायर वालेर सवारी आवागमनमा अवरोध गरेका थिए । कांग्रेसका एक नेताका अनुसार हरिवन नगरपालिका ७ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार अशोक थापाले नेकपा(एमाले) का निरध्वज कार्कीलाई ७ मतले पराजित गरेको भए पनि निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले एमालेका उम्मेदवार कार्कीलाई १ मतले विजयी भएको घोषणा गरेपछि आफुहरुले विरोध गरेको बताउनु भयो ।
हरिवन नगरपालिका ७ को वडाध्यक्षमा कांग्रेसका प्रत्यासी थापा नेकपा एमालेका प्रत्यासी कार्कीसँग १ भोटले पराजित देखिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पुनः मतगणनाको माग राखेका थिए । तर निर्वाचन अधिकृत आचार्यले पुनः मतगणना गर्नु नपर्ने भन्ने सूचना प्रकाशित गरेपछि कांग्रेसका नेता एवम कार्यकर्ताहरुले मतगणनास्थल ईलाका प्रशासन कार्यालय हरिवनमा ढुंगमुढा प्रहार गर्नुको साथै पुर्व पश्चिम लोकमार्गमा टायर वालेर प्रदर्शन गरेका हुन ।
निर्वाचन अधिकृत आचार्यले नेपाली कांग्रेसका उममेदवार थापा ७ मतलेविजयी भएको घोषणा गरेपछि आफ्ना उम्मेदवारहरु र्याली सहित मत गणनास्थलमा पुग्दा एमालेका उम्मेदवार कार्की १ मतलेविजयी भएको बताएपछि तनाव सुरु भएको हो ।
निर्वाचन अधिकृत आचार्यले खाना खानको लागि समय दिएको र सोही समयमा नेकपा(एमाले)का प्रतिनिधिहरुको मिलेमतोमा आफ्नो मत परेको व्यालेट हटाएर हलो लगायतका अन्य चुनाव चिन्हमा छाप लागेका व्यालेट राखेको आरोप लगाउँदै नेपाली कांग्रेसले सिसिटिभि फुटेज हेर्न पाउनु पर्ने माग गरेको छ । मतगणनामा हरिवन नगरपालिकाका स्थानिय कर्माचारीहरु खटेका कारण पनि नेकपा(एमाले)ले मतगणनामा धाँधली गरेको भन्दै निर्वाचन अधिकृत फिर्ता गर्नु पर्ने,मत पुनः गणना हुनु पर्ने,सिसिटिभि फुटेज हेर्न पाउनु पर्ने र विजयी भएका जनप्रतिनिधिहरुको नामावली घोषणा गर्ने क्रममा सवै दलका प्रतिनिधिहरुका साथै उम्मेदवारहरुको समेत हस्ताक्षर नभएको अवस्थामा निर्वाचन अधिकृतले कुनै पार्टीको इशारामा काम गर्नु आफुलाई मान्य नहुने लगायतका माग गर्दै विरोध जनाएको कांग्रेसका अर्का एक नेताले बताए । नेकपा(एमाले)ले हरिवन नगरपालिका २ र ४ मा आफ्नो मत कम आएपछि पुनः मत गणना गराएको थियो ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विरोध पछि निर्वाचन अधिकृत आचार्यले सर्वदलीय बैठक बोलाएपनि सोमबारको सर्वदलिय बैठकबाट कुनै निष्कर्ष ननिस्केपछि मंगलबार बिहान सर्वदलिय बैठक गरेर सोही अनुसार गर्ने बताउनु भयो । सोमबार बिहान ११ बजेदेखि हरिवनमा ६, ७ र ८ नम्बर वडाको मतगणना रोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय हरिवनले मतगणना जोडेर निकालेको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वार कार्कीले ३ सय ७९ र नेपाली कांग्रेसका उम्मेद्वार थापाले ३ सय ७८ मत प्राप्त गरेको देखिएको छ । उक्त परिणाम बाहिरिने बितिकै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पुनः मतगणना हुनुपर्ने माग सहित नाराबाजी गरेका थिए । एमाले कार्यकर्ताहरुले भने सोही मतपरिणामलाई मान्यता दिनुपर्ने अडान राखेका कारण सोमबारको बैठक निष्कर्ष बिहीन भएको हो ।