Close This

पर्सा गाउँपालिकामा कोको ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१५ गते   २८९ पटक हेरिएको

 सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित हुनु भएको हो । अध्यक्षमा रायले ४ हजार ४ सय ६६ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकाका उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले १ हजार ४१ प्राप्त गर्नुभयो । ६ वटा वडा रहेको पर्सागाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका सतेन्द्र रायले ४ सय ११ मत, वडा नम्बर २ मा नेकपा(एकीकृत समाजवादी)का राकेश रामले ३ सय ६३ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका रघुनाथ शाहले ६ सय ६३ मत, वडा नम्बर ४ मा लोसपाका सुवोध राय यादवले ९ सय ८० मत, वडा नम्बर ५ मा लोसपाका अनिल कुमार यादवले ३ सय ५२ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गणेश शाहले ४ सय ९४ मत ल्याउदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech