सर्लाहीको हरिवनका करिब आधा दर्जन विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । खुमलटारमा भएको एक अनौपचारीक कार्याक्रममा
नेकपा (एकीकृत समाजवादी),नेपाली कांग्रेस लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका युवा नेता श्याम श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) हरिवन नगरपालिका ३ वडा अध्यक्षका प्रत्यासी आशा व्लोन नेपाली कांग्रेसका नेता दिनेश भुजेल लगायत युवाहरु मुखचन्द्र महतो,रामजिवन साह,उमेश भुजेल,गौतम मोक्तान,बासु आले मगर,गंगाराम राय,रामकुमार सिंह,श्रवणलाल ब्लोन, सुमन ब्लोन,विजय थिङ,ज्ञान बहादुर पाख्रिन लगायतका नेता तथा कार्यकर्ताहरुमाओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नव प्रवेशिहरुलाई नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वागत गर्नु भएको हो ।