Close This

नीति तथा कार्यक्रमका लागि सुझाब दिन लालबन्दी नगरपालिकाले अनुरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३१ गते   २१४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाको लागी सुझाव माग गरेको छ । लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुमा सञ्चालन हुने आयोजनाहरु तथा कार्यक्रमहरु मार्फत समावेश गर्नुपर्ने बिषयका महत्वपुर्ण सुझावहरु दिन नगरपालिकाले नगरबासी समक्ष अनुरोध गरेको छ ।
लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुमा संचालन हुने आयोजना तथा कार्यक्रममा समावेश गर्नुपर्ने महत्वपुर्ण सुझावहरु नगरपालिकालाई दिन एक सुचना जारी गरि नगरपालिकाले माग गरेको हो ।
नगरपालिकाले सवै वडा कार्यालय, बिषयगत शाखाहरु, संघ÷संस्थाहरु, राजनितिक दल, विज्ञ,बुद्धिजिवी,व्यवसायी,पेशाकर्मी,कर्मचारी,संचारमाध्याम र आम नगरवासी तथा सरोकारवाला निकायहरुलाई ईमेल,फेसबुक पेज, ट्विटर ह्याण्डल र टेलिफोनमार्फत सुझाव दिन आग्रह गरेको हो ।
नगर प्रमुख बासुदेव अधिकारी र प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाद्धारा संयुक्त हस्ताक्षरीत सुचनामा सो कुरा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech