शसस्त्र प्रहरीद्धारा ८ लाख १३ हजार अवैध सामान बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२८ गते   १८४३ पटक हेरिएको

बरामद् भएको अवैध सामान

शसस्त्र प्रहरीले सर्लाहीको सुन्दपुर चोहर्वाबाट ठुलो रकमको अवैध सामान बरामद् गरेको छ । शसस्त्र प्रहरी सुरक्षा वेस सुन्दरपुर चोहर्वाको टोलीले जिल्लाको बलरा नाकाबाट बरहथवा तर्फ आउँदै गरेको ना ६  ख ४५४७ नम्बरको बसबाट ठुलो रकमको अवैध सामान बरामद् गरेको हो ।
बलराबाट बरहथवा तर्फ आउँदै गरेको ना ६  ख ४५४७ नम्बरको बसलाई शंका लागि चेकजाँच गर्दा ५४ थान  इलेक्ट्रिक लाइट ,२२ इन्चका  ३० थान एलइडि टिभी र  ३६ थान सारी बरामद् भएको शसस्त्र प्रहरी बल नेपाल नं १० हे.क्वा.गण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयाले जानकारी दिनु भयो । उहाँका अनुसार ना ६  ख ४५४७ नम्बरको बसलाई शंका लागि चेकजाँच गर्दा ५४ थान  इलेक्ट्रिक लाइट ,२२ इन्चका  ३० थान एलइडि टिभी र ३६ थान सारी गरी कुल रु ८ लाख १३ हजार बराबरको अवैध सामान बरामद् भएको हो । 
नियन्त्रणमा लिइएको सो सामान आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं १० हे.क्वा.गण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक खनिँयाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech