Close This

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष प्रकाश सर्लाही आउदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-६ गते   २४४ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ उपाध्यक्ष एवम पुर्व परराष्ट्र मन्त्री  नारायणकाजी श्रेष्ठ( प्रकाश) आज सर्लाही आउदै हुनुहुन्छ ।
सर्लाहीको बागमती नगरपालिका ८ साेल्टि बजारमा हुने बृहत् जन सभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्न अध्यक्ष प्रचण्ड र उपा अध्यक्ष प्रकाश सर्लाही आउन लाग्नु भएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयाेजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिनुभयाे ।
सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य करिब दश हजार बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा भित्रिन लागेका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयाे । आगामी संसदीय निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्रले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको छ । बागमती, हरिवन र बरहथवा नगरपालिका तथा चक्रघट्ट गाउँपालिका रहेको सर्लाहीको क्षेत्र नं ३ माओवादी केन्द्रको आफ्नो बलियो आधारका रुपमा खडा हुदै गएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech