सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सञ्चालीत कल सेन्टरमा प्रहरीले छापा मारेको छ । लालबन्दी नगरपालिका ६ मा विगत करिब १ महिना पहिलाबाट सञ्चालनमा आएको सनसाईन सुचना आदान प्रदान इन्टीच्युटको नाममा दर्ता भएको कल सेन्टरमा ईलाका प्रहरी कार्यालय लालबन्दीले सोमबार छापा मारेको हो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले सिभिलमा सनसाईन सुचना आदान प्रदान इन्टीच्युटको नाममा दर्ता भएको कल सेन्टरमा गैर कानुनी धन्दा भएको शंका लागेको भन्दै छापा मारेको हो । देशका विभिन्न स्थानमा कल सेन्टरको नाममा गैर कानुनी धन्दा चलेको पाइएपछि सनसाईन सुचना आदान प्रदान इन्टीच्युटको नाममा दर्ता भएको कल सेन्टरमा प्रहरीले छापा मारी २ जनालाई नियन्त्रणमा लिएको छ । सो शाखाका प्रमुख सहित अर्काे १ जना गरी २ जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले नियन्त्रणमा लिएको एक स्थानियले बताए । तर प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको बताएको छ ।
विशेष स्रोतका अनुसार सो संस्थामा छापामारी शाखा प्रमुख सहित अर्काे १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर आवश्यक अनुसन्धान जारी रहेको पाइएको छ । तर ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले कसैलाई पनि नियन्त्रणमा नलिएको बताएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक विजय यादवले आफुहरुलाई सो विषयमा कुनै जानकारी नआएको बताउनु भयो । २५ जना कर्माचारी राखेर ह्वाट्सएपमा तपाईलाई चिठ्ठा परेकोछ भन्दै अवैध तरिकाबाट रकम असुलेको भन्देबुटवल र काठमाण्डौमा प्रहरीले मानिसहरु नियनत्रणमा लिएपनि सर्लाही प्रहरीले त्यस्तो गैर कानुनी कार्य गर्ने गिरोहलाई सार्वजनिक नगर्नुले कतै प्रहरीको मिलेमतो त छैन । एक स्थानियले बताए ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव तिमल्सेना,लगायत जनप्रतिनिधिहरु र स्थानियबासीको अगाडी नै २ जनालाई नियन्त्रणमा लिएको प्रहरुलिे सावर्जनिक नगर्नुले प्रहरी माथी पनि शंका लागेको एक स्थानिय जनप्रतिनिधिले बताए ।