सर्लाहीको इश्वरपुर नगरपालिकाले नगर भित्रका अपाङ्गता भएका मानिसहरुको पहिचान गरी कार्ड वितरण गर्ने काम सुरु गरेको छ । इश्वरपुर नगरपालिकाको वडा नम्बर २ र ३ मा आईतबार पहिलो दिन ६० जना अपाङ्गता भएका मानिसहरुको पहिचान गरी कार्ड वितरण गरिएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आर्चायले जानकारी दिनु भयो ।
.jpg)
स्थानिय निकायको निर्वाचन २०७९ बैशाखमा नगर प्रमुखमा निर्वाचित हुनु भएका आचार्यले नगर भित्रका मानिसहरुले पाउनु पर्ने सरकारी सेवा सुविधाबाट कोही पनि बञ्चीत नहोस भन्नका लागि गाउँ घरमै पुगेर अपाङ्गता भएका मानिसहरुको पहिचान गर्ने र उनिहरुलाई राज्यले दिने सेवा सुविधा पाउन चाहिने कार्डको व्यावस्था गरि वितरणको काम सुरु गर्नु भएको हो।
अपाङ्गता भएका मानिसहरुको पहिचान गरी कार्ड वितरण गर्ने काम सर्लाही जिल्ला मै पहिलो पटक इश्वरपुर नगरपालिकाले सुरु गरेको हो । १५ वटा वडा रहेको इश्वरपुरमा आईतबार पहिलो दिन वडा नम्बर २ र ३ मा आईतबार पहिलो दिन ६० जना अपाङ्गता भएका मानिसहरुको पहिचान गरि कार्ड वितरण गरिएको र क्रमैसंग सबै वडाका घरघर तथा गाउँ टोलमा पुगेर अपाङ्गता भएका मानिसहरुको पहिचान गरि कार्ड वितरण गरिने नगर प्रमुख आचार्यले बताउनु भयो । उहाँका अनुसार आगामी एक हप्तामा नगरका सबै१५ वटै वडाका घरघर तथा गाउँमा पुगेर अपाङ्गता भएका मानिसहरुको पहिचान गरि कार्ड वितरण गरि सक्ने बताउनु भयो ।