साप्ताहिक श्रमदान अन्र्तगत सडक सफा गर्दै नगर प्रमुख बुढाथोकी लगायत माओवादी केन्द्रका नेता कार्यकर्ताहरु

1.6k Shares

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को अगुवाईमा नगर भित्रका सडकहरुको सरसफाई अभियान सुरु भएको छ । अभियानको पहिलो दिन शनिबार हरिवन नगरपालिका १०, नयाँरोडमा सुरक्षाकर्मी र स्थानीय बासिन्दासँगै नगर प्रमुख बुढाथोकी सडक सफाइ अभियानमा लिएर निस्कनु भएको हो ।
नगर प्रमुख बुढाथोकीको नेतृत्वमा शनिबार बिहान नयाँरोड–बरहथवा सडकखण्डको करिब ३ सय मिटर सडक क्षेत्र सफा गरिएको नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव गौतम महतोले जानकारी दिनु भयो । सफाइ अभियानमा नेकपा(माओवादी केन्द्र)का नेता एवम कार्यकर्तासँगै सशस्त्र प्रहरी पनि खटिएका थिए। 
हरेक साताको शनिबार जनश्रमदानमार्फत सार्वजनिक काम गर्ने अभियानअन्तर्गत शनिबार सडकको फोहोर सफा गरिएको नगर प्रमुख बुढाथोकीले बताए। अघिल्लो शनिबार नगर प्रमुख बुढाथोकी स्थानीयसँगै हरिवन–क्यानेश्वर सडक निर्माणका लागि ढुंगा बोक्ने अभियानमा सहभागी भएका थिए। 
अभियानमा सहभागीहरूले फुटपाथमा फालिएका प्लास्टिक,बोतल,चाउचाउ,बिस्कुटका खोललगायतका फोहोर संकलन गर्ने,सडक किनारमा उम्रिएका झारपात उखेल्ने,सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र सडकको नाली सफा गर्नेलगायत काम गरेका माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिनु भयो ।
सुन्दर,सफा नगर बनाउन स्थानीयलाई जागरुक गराउन अभियानको थालनी गरिएको र हरेक साताको शनिबार एक दिन श्रमदानमार्फत कुनै न कुनै सामाजिक काम गर्ने नगर प्रमुख बुढाथोकीले बताए । 

सम्बन्धित समाचार