दुई सय वडा मध्य १८२ वटा वडाहरुमा स्वास्थ्य संस्था

4k Shares

सर्लाहीका २० वटा स्थानिय निकायका २ सय वटा वडा मध्ये १८ वटा वडाहरुमा अझैँ  स्वास्थ्य संस्था नरहेको भन्दे सेवाग्राहीहरुले गुनासो गरेका छन् । जिल्लाका ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकामध्ये १४ वटा स्थानिय निकायका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भए पनि ६ वटा स्थानिय निकायका १८ वटा वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेका छैनन्। 
सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्य लिए पनि जिल्लाका २ सय वटा वडाहरु मध्य १८ वटा वडा अझै स्वास्थ्य संस्था विहीन रहेका छन्।
जिल्लामा सबैभन्दा धेरै बागमती नगरपालिकाका ६ वटा वडामा स्वास्थ्य संस्था छैनन्। बागमती नगरपालिका २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।  नगर स्वासथ्य शाखाका अनुसार बागमती नगरपालिका १ मा ढुङ्ग्रेखोला स्वास्थ्य चौकी,वडा नं. ५ मा राजघाट स्वास्थ्य चौकी,वडा नं. १० मा शङ्करपुर स्वास्थ्य चौकी,वडा नं. १२ मा कर्मैया स्वास्थ्य चौकी तथा वडा नम्बर ३ र ४ मा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र रहेका छन्। स्वास्थ्य संस्था नरहेका वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्ने कुनै निर्णय नभएको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै लालबन्दी नगरपालिकाको वडा नम्बर ७ र ८,ईश्वरपुर नगरपालिकाको ७, ११ र १३, कविलासी नगरपालिकाको१ र १०,मलङ्गवा नगरपालिकाको ३ र ८,बरहथवा नगरपालिकाको ८ र रामनगर गाउँपालिकाको ३ र ७ वडाहरु स्वास्थ्य संस्था विहीन छन्। यी वडामा नजिकैको वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको पालिकाहरूले जनाएका छन्।
जिल्ला सदरमुकाम मलङ्गवा नगरपालिकाको नगरमा स्वास्थ्य संस्था नरहेको दुईवटा वडामध्ये वडा नं. ८ मा प्रादेशिक अस्पताल नै रहेकाले त्यहाँ स्वास्थ्य संस्था स्थापना नगरिएको नगर स्वास्थ्य शाखाका संयोजक रामनन्दन राय यादवले बताउनुभयो। वडा नं. ३ को पनि नजिकै अर्को वडामा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका स्वासथ्य शाखा प्रमुख यादवले बताउनुभयो।
लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले स्वास्थ्य संस्था विहीन रहेको वडा नं. ७ र ८ का बासिन्दालाई वडा नं. ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे नजिकै पर्ने भएकाले त्यहीँबाट स्वास्थ्य सेवा लिइरहेका जानकारी दिनुभयो। जनसंख्या धेरै रहेको र भूगोल ठूलो रहेको भन्दै ईश्वरपुर नगरपालिकाले वडा नम्बर १२ कालिञ्जोरमा स्वास्थ्य चौकी भए पनि सो वडाको उत्तरी दुर्गम चुरे भेगका बासिन्दालाई ध्यानमा राखी पीपलदमारमा सामुदायिक स्वास्थ्य एकाइ,हरिपुर नगरपालिकाले वडा नं. ५, असन्मा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ र गोडैता नगरपालिकाले वडा नं. २ बेल्वाजब्दीमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन्।
सरकारले सबै वडामा स्वास्थ्य संस्था पु¥याउने लक्ष्य लिएपछि दुई वर्षअघि जिल्लाका अधिकांश स्थानिय निकायहरुले स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हुन्। जिल्लामा २० वटा स्थानिय नियकाका दुई सय वडामध्ये १ सय ८५ वडामा भने स्वास्थ्य संस्था पुगेका छन्।
सर्लाहीमा १८ वडा स्वास्थ्य संस्था विहीन भए पनि सदरमुकाम मलङ्गवामा एउटा प्रादेशिक अस्पताल,लालबन्दी,हरिपुर,जमुनिया,अचलगढ र बरहथवामा गरी ५ स्थानमा प्राथमिक स्वास्थ्य केन्द्र र ९५ वटा स्वास्थ्य चौकी तथा बाँकी आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ रहेका छन्। प्रायः सबैजसो वडामा स्वास्थ्य संस्था पु–याउन लागिपरे पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा र आफैँले नियुक्त गरेर पारिश्रमक दिन सक्ने अवस्था नरहेकाले समस्या भइरहेको जिल्लाका स्थानिय निकायहरुले बताएका छन् ।

सम्बन्धित समाचार