Close This

संविधान दिवस सर्लाहीमा फरक तरिकाबाट मनाईने ,जिसस सभापति सिंहको संयोजकत्वमा मूल समारोह समिति गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२७ गते   १६९ पटक हेरिएको

हरेक वर्ष असोज ३ गते मनाईने संविधान दिवश मनाउन जिल्ला समन्वय समिति सर्लाहीका सभापतिको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । असोज ३ गते संविधान जारी भएको दिनको अवसरमा मनाईने संविधान यस वर्ष मनाउन जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।
सोमबार जिल्ला सदरमुकाम मलंगवामा भएको बैठकबाट जिल्ला समन्वय समिति सर्लाहीका सभापति सिंहको संयोजकत्वमा संविधान दिवस मूल समारोह समिति गठन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका प्रत्येक कार्यालयका प्रमुख र स्थानिय निकायका प्रमुख प्रशासकीय अधिकृत सो समितिमा सदस्य रहने व्यावस्था छ ।
संविधान दिवस मनाउन केन्द्रबाटै असोज २, ३ र ४ गते दीप प्रज्वलन सहितका कार्यक्रमहरु तय भएर आएको र त्यसमा आफूहरुले जिल्लाबाट अली फरक खालको सिर्जनशील कार्यक्रम समेत थप गर्न लागेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
जिल्ला सदरमुकाम मलंगवामा जिल्ला स्तरीय कार्यक्रम र प्रत्येक स्थानिय निकायमा स्थानीय स्तरका कार्यक्रमहरु समेत गर्ने गरी कार्यक्रमतय गरिएको जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech