Close This

बन्दाबन्दीको बारेमा आज सिफारिस गरिने

पत्र पत्रिका    प्रकाशित: २०७७-१-२२ गते   २५४ पटक हेरिएको

कोरोना रोकथामका लागि मुलुकभर आह्वान गरिएको बन्दाबन्दी खुकुलो पार्ने वा कडाइका साथ लागु गर्ने भन्ने बारेमा आज मात्रै सरकारलाई सिफारिस गरिने भएको छ ।  सिंहदरवारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो।

समितिमा आज फेरि बैठक बसेर सरकारलाई सिफारिस गर्ने सहमति भएको समितिका प्रवक्ता, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभयो । समितिको बैठकमा हालसम्म बन्दाबन्दीको प्रभावका बारेमा समीक्षा गरिएको भए पनि अझैँ गृहकार्य जारी राख्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।

मुलुकभरमा कोरोनाको परीक्षण दर बढाइएको र यसबाट प्रतिफल पनि सकारात्मक निस्केको बैठकको निष्कर्ष छ । कार्यदलस्तरमा छलफल जारी राखिएको जानकारी दिँदै प्रवक्ता विडारीले आज साँझसम्ममा मन्त्रिपरिषद्लाई आवश्यक सिफारिस गरिने बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech