Close This

कर्मैया खानेपानीको जग्गा हराएको ३४ वर्षपछि भेटियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१४ गते   १२२२ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ स्थित कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भोगचलन गर्दै आएको जग्गा खानेपानीको नाममा पास भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १२ कठ्ठा भोगचलन गर्दै आएको जग्गा संस्थाको नाममा पास भएको हो ।
बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलेलामोसमयदेखि भोग चलन गरि रहेको जग्गा संस्थाको नाममा पास भई आएको  संस्थाका नव निर्वाचित अध्यक्ष हरिराम काफ्लेले बताए । स्थानीयले दान गरेको ३४ वर्ष भएपनि संस्थाको नाममा पास हुन नसकेको जग्गा आफु अध्यक्ष भएपछि नगरपालिकासंग आग्रह गरि संस्थाको नाममा पास गरिएको उनले बताए ।
केही दिन पहिला विभिन्न सञ्चार माध्यामहरुमा संस्थाको जग्गा खोज्दै गरेको भन्नेसमाचार प्रकाशित भएकोथियो । त्यसपछि बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा र उपभोक्ता समितिका अध्यक्ष काफ्लेको सक्रियतामा संस्थाको जग्गा पास भएको हो । 
अध्यक्ष काफ्लेलेकाअनुसार विभिन्न सञ्चार माध्याममा आएका समाचारहरुले गर्दा आफुलाई काम गर्न सजिलो भएको र स्थानिय उपभोक्ताहरुबाट पनि दबाव आएपछि नगर प्रमुख थापा सहित आफु लागेर संस्थाको जग्गा खोजी गरि संस्थाको नाममा पास गरिएको अध्यक्ष काफ्लेले बताए ।
नगरपालिका भित्रको करिब ३ हजार घरधुरीमा कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी वितरण गर्दै आइरहेको छ । भरखरै सम्पन्न १५औं साधारणसभाबाट निर्वाचित भएर आएका पदाधिकारीले जग्गा नभएको थाहा पाएपछि संस्थाको जग्गा खोजी गरि संस्थाको नाममा पास गर्ने र संस्थाको लालपूर्जा बनाउने पहल सुरु गरेका थिए ।
बागमती नगरपालिका १२ का स्थानीय शंकर राज मास्केले समितिका लागि आफ्नो बागमती नगरपालिका ११ मा रहेको १२ कठ्ठा जमिन दान गरेका थिए । मास्केले दान गरेको जग्गा ३४ वर्ष पछि संस्थाको पुर्ण स्वमित्वमा आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech