बागमती युवा क्लब ‘सी’ डिभिजन छनौट

1.4k Shares

शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल छनौटमा बागमती युवा क्लबले फराकिलो जीतसहित विजयी शुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको आफ्नो पहिलो खेलमा स्मार्ट एफसीलाई ५–० गोल अन्तरले जराजित गर्दै बागमतीले विजयी शुरुवात गरेको बागमती युवा क्लवका महासचिव सागर मैनालीले जानकारी दिए ।
छनौट अन्तर्गत समूह ‘एल’ मा रहेका यी दुवै टोलीको यो पहिलो खेल हो । पहिलो खेल जित्दै बागमतीले महत्वपूर्ण ३ अंक जोड्दा स्मार्ट एफसीले भने पराजयबाट छनौटको प्रारम्भ गरेको छ ।
एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि हुने ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका छन् ।कार्तिक २४ गतेसम्म संचालन हुने छनौट प्रतियोगितामा हरेक समूहको विजेता क्लब नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई पनि २ समूहमा विभाजन गरिएको छ । नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।

सम्बन्धित समाचार