सर्लाहीका चारै निर्वाचन क्षेत्रमा शसस्त्रका डिएसपीकाे कमाण्ड

1.2k Shares

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा बेश खडा भएको छ । मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरेको हो ।

जिल्लाकाे क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको शसस्त्र प्रहरी बल नेपाल नम्कर १० हे.क्वा. गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।उनका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका बाहेक काठमाडौँसहित अन्य ठाउँबाट पनि थप मद्धतमा जनशक्ति खटाईने छ ।आवश्यकता र संवेदनशीलताको आधारमा जनशक्ति परिचालन हुने र बाहिरी जिल्लाबाट थप मद्धत टोली आइरहेकाले निर्वाचनमा खटिने जनशक्तिको विवरण लिने काम भइरहेको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले  बताए । जिल्लामा अहिले सशस्त्र प्रहरी,नेपाल प्रहरी सहित प्रत्येक सुरक्षा निकायहरु निर्वाचन लक्षित सुरक्षा प्रवन्ध मिलाउन लागि परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए । उनका अनुसार चुनावलाई लक्षित गरी नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले पनि सुरक्षा योजना बनाइरहेको जनाएका छन् ।
जिल्लामा ४ वटा प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र रहेका भए पनि सर्लाही ४ लाई विशेष सम्वेदनसिल क्षेत्रकाे रुपमा हेरिएकाे छ ।

सम्बन्धित समाचार