Close This

ईश्वरपुर १२ स्थित पुर्व पश्चिम लाेकमार्गमा सवारी दुर्घटना, २ काे मृत्य, २ घाइते,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-५ गते   १०७५ पटक हेरिएको

सर्लाही ईश्वरपुर नगरपालिका १२ पूर्व पश्चिम लोकमार्गमा  साेमबार भएको माेटरसाईकल दुर्घटनामा २ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका १२ स्थित पुर्व पश्चिम लाेकमार्गमा दुई माेटरसाईकल एक आपसमा ठाेक्किदा २ जनाएको ज्यान गएकाे र २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश नं.२-०३-००४७८८४ नम्बरको मोटरसाईकल र ज ११ प ८१० नम्बरको मोटरसाईकल एक-आपसमा ठाेक्किदा प्रदेश नं.२-०३-००४७८८४ नम्बरकाे माेटरसाईकलका चालक बाराकाे कलैया उपमहा नगरपालिका १६ का अन्दाजी वर्ष ४५ का कन्हाई चौधरीको र ज ११ प ८१०  नम्बरकाे माेटरसाईकलका चालकहोत्तरीकाे बर्दिवास नगरपालिका ६  का अन्दाजी  बर्ष २५ का सुनिल आले मगरको  ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे ।
घाइते प्रदेश नं.२-०३-००४७८८४ नम्बरकाे माेटरसाईकलमा  सवार बारा कलैया उपमहा नगरपालिका ३ ब्रम्हपुरीका अन्दाजी  बर्ष ३२ का अजय कुमार पटेलकाे प्रादेशिक अस्पताल मलगंवामा ,ज ११ प ८१० नम्बरकाे माेटसाईकलमा  बर्दिवास नगरपालिका ६ की अन्दाजी  बर्ष २४  की रुबिना तामाङ र ज ११ प ८१० नम्बरकाे स्थानिय स्वास्थ संस्थामा उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech