मलंगवा नगरपालिका ११ गम्हरीयाबाट करिब २ सय केजी गाँजा बरामद्

1.2k Shares

शंखर पहाडी(गाैरब
सर्लाहीको मलंगवा नगरपालिका ११ बाट सशस्त्र प्रहरीले करिब दुई सय किलाे  अवैध लागू औषध गाँजा बरामद् गरेकाे छ । मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिमनदी किनारबाट शसस्त्र प्रहरीको टाेलीले  एक सय ८८ किलो लागू औषध गाँजा बरामद गरेको हाे । 
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० हे.क्वा.गण सर्लाहीबाट खटिएको शसस्त्र प्रहरी बलकाे टोलीले एक  सय ८८ केजी  लागू औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १० हे.क्वा. गणा सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तेल बहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाँध नजिकैबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा एक सय ८८ किलाे लागू औषध गाँजा बरामद् भएको हाे । सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि शसस्त्र प्रहरीकाे टाेलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेका शसस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताउनु भयाे । बरामद गाँजा सशस्त्र प्रहरीको गणमा राखिएको छ ।

सम्बन्धित समाचार