Close This

माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलको निधन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-८ गते   १३९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य माया बलको निधन भएको छ । तीन साताअघि हृदयघात भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा भर्ना भएकी वलको उपचारको क्रममा शनिबार साँझ उनको निधन भएको माओवादी केन्द्र सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए ।
उनका अनुसार हरिवन नगरपालिका ९ सुखेपोखरी निवासी बल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिईन् । पार्टीले मंसिर ४ भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बललाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर, नी समानुपातिक सांसदको सूचीमा भने पर्न सकिएनन् ।
दिवगंत बलका श्रीमान,एक छोरा र तीन छोरी छन् । बलको पार्थिव शरीर अहिले काठमाडौँस्थित अस्पतालमै छ । अष्ट्रेलियामा रहनुभएका छोरा स्वदेश फर्किदै गरेको र उनी आइपुगेपपछि बलको पार्थिव शरीर सर्लाही ल्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
बल जनयुद्धमा काखमा बालक बोकेरै युद्धमा होमिएकी थिईन् ।बलको निधनप्रति माओवादी केन्द्रसहित विभिन्न पार्टीका नेताहरुले सामाजिक संजालमा उनको योगदानको प्रशंसागर्दै श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech