Close This

इश्वरपुर नगरपालिका ६ बयलवासमा व्यावसायिक भवन शिलान्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१२ गते   २८० पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित रहेको बयलवास गोरु बजारको व्यावसायिक भवन शिलान्यास गरिएको छ । ईश्वरपुर नगरपालिका ६ मा नगरले नगरको लगानीमा बनाउन लागेको भवनको नगर प्रमुख मनोजकुमार आचार्यले शिलान्यास गरेका हुन् ।


दुई वर्षभित्र दुई तले दुई वटा व्यावसायिक भवन निर्माण सम्पन्न हुने नगर प्रमुख आचार्यले जानकारी दिए । भवनको शिलान्यास कार्यक्रममा इश्वरपुर नगरपालिकाकी नगर उप प्रमुख रन्जितादेवि चौधरी,विभिन्न वडाका वडाध्यक्षहरु,प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, र उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech