Close This

अवकास भएपछि श्रीमतीको नाममा प्र.अ.खड्काद्धारा करिब दुई लाखको अक्षय कोष खडा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१२ गते   ५५६ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ४ नया बस्तीमा रहेको जन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापकले स्वच्छीक अवकास भएपछि विद्यालयलाई अक्षय कोष हस्तान्तरण गरेका छन् । 
बागमती नगरपालिका ४ नया बस्तीमा रहेको जन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर खड्काले स्वच्छीक अवकास भएपछि विद्यालयलाई रु एक लाख पैसठ्ठी हजार पाँच सय पाँचको अक्षय कोष हस्तान्तरण गरेका हुन ।
प्रधानाध्यापक खड्काले स्वच्छीक अवकास भए पश्चात् विद्यालयमा आफ्नी स्व.श्रीमती ज्ञान कुमारी खड्काको सम्झनामा ज्ञान कुमारी खड्का स्मृति कोष नामक अक्षय कोषको स्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरेका बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार यस अक्षय कोषबाट प्राप्त ब्याजले विद्यालयका जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति वितरण गर्न भन्दै प्रधानाध्यापक खड्काले रु एक लाख पैसठ्ठी हजार पाँच सय पाँचको अक्षय कोष स्वरुप विद्यालयलाई हस्तान्तरण गरेका हुन ।
अक्षय कोषलाई भोलीको दिनमा बढाउदै लैजाने उदेश्य रहेको प्रधानाध्यापक खड्काले बताए । उनले २०४८ सालबाट शिक्षण पेशा सुरु गरेका थिए  भने २०५२ सालदेखि जन ज्योति आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए । २०७४ सालबाट विद्यालयको प्रधानाध्यापक भएका खड्का उमेरहद ९ वर्ष बाँकी रहँदै स्वच्छीक अवकास लिएका नगर शिक्षा शाखाले जनाएको छ । नगर शिक्षा शाखाका अनुसार प्रधानाध्यापक खड्काले विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रको सुधारमा ठुलो योगदान पुर्याएका छन् ।प्रधानाध्यापक खड्काकी स्व.श्रीमती ज्ञान कुमारी खड्काको २०७७ मंसिर २३ मा मृत्यु भएको थियो । उनका एक छोरा र तीन छोरी रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech