सर्लाहीका स्थानीय तहबाटै राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाईन फर्म भरिने

1k Shares

सर्लाहीमा स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आएपछि जिल्लाका २० वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहलाई आफ्नो पालिकाबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यावस्था मिलाउन निर्देशन दिएका हुन । उनका अनुसार जिल्लाका २० वटै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यवस्था मिलाउन भनि सकिएको छ ।
जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुमा सेवाग्राहीको बढ्दो चापले गर्दा नागरिकता जारी गर्न समेत समस्या भईरहेको देखेपछि आफुले सम्बन्धीत स्थानीय तहले राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यावस्था मिलाउन भनिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुमा सिमित कर्मचारी र सेवाग्राही अधिक हुँदा राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्न निकै समस्या भएकाले जिल्लाका स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यवस्था मिलाउने र फोटो खिच्नेलगायत बायोेमेट्रिक कामका लागि मात्रै प्रशासन कार्यालयसम्म आउने व्यवस्था मिलाउने विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए ।
उनका अनुसार जिल्लामा अहिले जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवनबाट राष्ट्रिय परिचय पत्र र राहदानीको काम भई रहेको छ । तर, यि कार्यालयमा कर्मचारी थोरै रहेको र सेवाग्राहीको चाप अत्याधिक हुँदा सेवा प्रवाहमा निकै समस्या परेको छ ।
राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राही धेरै दिन धाउनुपर्ने र पट्यार लाग्दो लाईनमा दिनभर नै बस्नुपर्ने बाध्यता हटाउन स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फर्म भर्ने काम केही दिनमै गरिने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारनाथ लुईटेलले जानकारी दिए । उनका अनुसार स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फर्म भर्न सके जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप पनि घट्ने र सेवाग्राहीलाई सास्ती पनि कम हन्छ ।
“प्रशासन कार्यालयका प्राविधिकहरुसँग स्थानीय तहका कर्मचारीहरुले प्राविधिक कुरा सिके पश्चात स्थानीय तहबाटै राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फाराम भर्ने व्यवस्था मिलाउन सकिने”लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुईटेलले बताए ।
जिल्ला प्रशासन कार्यालयको तुलनामा स्थानीय तहहरुसँग कर्मचारी धेरै नै हुने भएकाले राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाईन फर्म भर्न सहकार्य गर्न लागिएको वप्रमुख जिल्ला अधिकारी यादवले बताए । उनका अनुसार कर्मचारीले सिकेपछि आवश्यक तयारी गरी स्थानीय तहबाटै फाराम भर्ने कार्यको सुरुवात गर्न केही समय लाग्न सक्ने छ । 
यसअघि सबै पालिकामा एकचरण राष्ट्रिय परिचय पत्रको विवरण लिन जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहहरुमै टोली पठाइसकेकाले अब स्थानीय तहले नै फाराम भर्ने कामको सुरुवात गर्दा खासै समस्या पनि नहुने र सेवाग्राहीहरुको चाप पनि नथपिने र त्यो सम्भव पनि हुने बागमतीर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले बताए ।

सम्बन्धित समाचार