रमेश अधिकारी(रितिक)
सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछाबजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको छ । लालबन्दी नगरपालिकाले ठेक्का लगाउने र रकम असुल्ने मात्र काम गर्ने तर व्यावस्थापन तर्फ ध्यान नदिँदा लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको हो ।
“स्वच्छ,सुन्दर र समुन्नत शहर,सर्लाहीको शान लालबन्दी नगर’’यो नारा सुन्दा जति आनन्द लाग्छ,लालबन्दी पुगे पछि त्यसको कुनै शंकेत देखिदैन् । लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको छ । लालबन्दी नगरपालिकाले ठेक्का लगाउने र रकम असुल्ने मात्र काम गर्ने गर्दा मासु,माछा बजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको स्थानीय सुनिल कुमार साहले बताए ।
उनले माछामासु,फलफुलहरु र तरकारी समेत एकै स्थानमा राखिएका कारण पनि दुर्गन्धीत भएको हो । ठेक्का लगाउने र कर असुल्ने काम मात्र नगरपालिकाले गरेको तर त्यसको व्यावस्थापन नगर्न दिनप्रतिदिन दुर्गन्धीत हुँदैगई रहेको उनको भनाई छ ।
लालबन्दी बजार हप्तामा दुई दिन लाग्ने गरेको भएपनि सरोकारवाला निकायलेचासोनदिँदा व्यापारीहरुले पनि सरसफार्य नगरि दिँदा लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको छ । अव्यवस्थित रुपमा चलि रहेको मासु,माछा बजारका लागि नगरपालिकाले ठुलो रकम खर्चेर भवन निर्माण गरिएको भएपनि केही समस्याका कारण सोभवन सञ्चालनमा नआएको लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष गोपाल कुमार कार्कीले बताए ।
उनले माछामासु बजार नजिकै माछा मासु बजार व्यावस्थापन गर्न ठुलो रकममा भवन निर्माण गरिएको भएपनि केही समस्या भएकाले सो भवन सञ्चालनमा नआएको बताए । माछा,मासु बजार चाँडै नै व्यावस्थापन गरिने वडा अध्यक्ष कार्कीले बताए ।
जिल्ला कै सबैभन्दा ठुलो मानिएको लालबन्दी बजार दिनप्रतिदिन दुर्गन्धीत बन्दा मासु,माछा खरिद गर्न आउने सेवाग्राहीहरु पनि घटि रहेका भएपनि नगरपालिका र बजार व्यावस्थापन समितिको त्यतर्फ ध्यान पुगेको छैन । मासु,माछा व्यावसायीहरुले जताततै फोहोर गरेको देखिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए ।उनका अनुसार माछा,मासु बजारबाट निस्कने सबैप्रकारका फोहोरहरु व्यापारीहरुले जताततै फालिएका कारण पनि दुर्गन्धीत भएको हो ।
चालु आर्थिक वर्षमा सो बजार व्यावस्थापनको लागि कुनै फण्ट नभएकाले ठाउँ अनुसार उपयुक्त बजारव्यावस्थापन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत लुईटेलले बताए । उनका अनुसार नगरपालिकाले बजारलाई आन्तरीक आय स्रोतको रुपमा मात्र हेरेको र आउनेवर्षबाट व्यावस्थापन गर्दै जाने नगरपालिकाले योजना बनाएका छ ।
लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजारबाट निस्कने फोहोर समेत उचित तरिकाबाट व्यावस्थापन नहुँदा व्यापारीहरुले जताततै फोहोर फाल्ने गरेका कारण बजार दिन प्रतिदिन दुर्गन्धीत हुँदै गएको हो । छिमेकी जिल्ला सिन्धुलीको मरिण र हरिहरपुरगढीका समेत सेवाग्राहीहरु आउने यस बजारको व्यावस्थापन गर्न स्थानीय सरकार र बजार व्यावस्थापन समितिले चासोनदे खाउँदा झिँगा भन्केको मासु खरिद गर्न सेवाग्राहीहरु बाध्य छन् भने मासु,माछा बजारबाट निस्कने पानीको उचित व्यावस्थापन नहुँदा नजिकै पानी जमेका कारण बजारमा दुर्गन्ध फैलिएको छ ।