दुधौली २ मा मोटरसाईकल दुर्घटना २ जना घाईते

344 Shares

मदन भण्डारी राजमार्ग अन्र्तगत दुधौली नगरपालिका २ रतनपुरमा मोटरसाईकलको ठक्करबाट दुई जना घाईते भएका छन् ।भिमानबाट डकाहा तर्फ जाँदै गरेको बा ४५ प ३८०४ नम्बरको मोटरसाइकलको ठक्करबाट कमलामाई नगरपालिका १४ चन्दनपुरकी अन्दाजी ५० वर्षीया खप्टर्नी अधिकारी गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार पैदल यात्री अधिकारी सहित महोत्तरको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका अन्दाजी २५ वर्षीय उत्त मोटरसाईकलका चालक निर्जल पौडेल घाइते भएका हुन्। 
दुर्घटनामा संग्लग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ दुर्घटनाबाट गम्भीर घाईते भएका दुवै जनाको उपचार भई रहेको छ ।

सम्बन्धित समाचार