शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवनमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीहरुले विरोध गरेका छन् ।अनुगमन टोलीले अचानक आएर बजार अनुगनम गरेको भन्दै आक्रोसित भएका स्थानीय व्यापारीहरुले केही समय पुर्व पश्चीम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।
बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको अनुगमन टोलीले अचानक हरिवन बजार आएर अनुगमन गरी सामान्य गल्ती,कमि कमजोरीमा पनि जरिवाना तोकेको भन्दै हरिवनका व्यापारीहरु आक्रोसित भएका उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठले बताए । कार्यालयले कुनै जानकारी नै नगराई आएको र अहिलेको देशको परिस्थिती अनुसार बजार अनुगमनको कुनै आवश्यकता नरहेको अध्यक्ष श्रेष्ठले बताए ।
बजार अनुगमन गर्नु स्वभाविकै भएपनि अहिले देशको आर्थिक अवस्थाका कारण व्यापारीहरु आत्मादाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीहरुलाई डस्ने काम मात्र गरेको चेम्बर अफ कर्मस सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए । उनका अनुसार बजार अनुगमनको क्रममा अनुगमन टोलीले व्यापारीहरुका सामान्य कमि कमजोरीहरुमा पनि सचेत गराउनु पर्नेमा एकै पटक जरिवाना तोकेका कारण हरिवनका व्यापारीहरु आक्रोसित भएका हुन । अनुगमन टोलीले अचानक आएर सामान्य कमि कमजोरीहरुमा पनि जरीवाना तोकेपछि आक्रोसित हरिवनका व्यापारीहरुले केही समय पुर्व पश्चीम राजमार्ग अवरुद्ध गरेपछि अनुगमन टोली फर्किएको अध्यक्ष प्रधानले बताए ।
उपभोक्ता संरक्षण ऐन अनुसार बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको टोलीले बजार अनुगमन गरेको निमिक्त कार्यालय प्रमुख सुरेश कुमार रेग्मीले बताए । देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नु नपर्ने भन्ने नरहेको र व्यापारीहरुले राज्यको कानुन पालना गरेका छन्की छैनन् । बजारमा कुनैगैरकानुनी कार्य भएका छन्की छैनन् । व्यापार व्यावसाय सञ्चालन गर्न नीयमानुसार राज्यको कानुनमा बाँधिएका छन् की छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेत समेत गराएको निमिक्त कार्यालय प्रमुख रेग्मीले बताए । उनले राज्यले तोकेको कानुनको पालना गर्ने व्यापारीहरुलाई अनावश्यक दुःख नदिएको दाबी गरे ।
जसले राज्यले तोकेको कानुनको पालना गरेका छैनन् ।त्यस्ता व्यापारीहरुलाई प्रकृति हेरी जरिवाना पनि गरिएको बताए । यता, व्यापारीहरुले अनुगमन टोलीले मनवियता त्यागेर व्यापारीहरुलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । स्थानीय व्यापारीहरुको चर्काे विरोध पछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको छ । भने अनुगमन समिति आएपछि हरिवन,नवलपुर लगायतका स्थानमा पसलहरु बन्द गरिएका थिए ।