महोतरीको बर्दिवासमा प्रदेशस्तरीय हाम्रो माया घर निर्माणका लागि शिव पुराण महायज्ञ सुरु

523 Shares

महोतरीको बर्दिवासमा मधेश प्रदेश स्तरीय“हाम्रो माया घर”निर्माण गर्न भन्दै शिव पुराण महायज्ञ सुरु भएको छ।सडकमा रहेका अनाथ र बेसाहारा मानवहरुको लालन पालन तथा संरक्षण गर्ने उद्देश्यका साथ बर्दिवास नगरपालिका २ मा स्थापना गरिएको प्रदेश स्तरीय“हाम्रो माया घर”को भवन निर्माणका लागि भन्दै शिव पुराण महायज्ञ आयोजना गरिएको हो। 
“घुमौँ मधेश,बुझौँ मधेश”भन्दै मधेश प्रदेशका आठै जिल्लाबाट प्रत्येक जिल्लाका पाँच वटा ठाउँलाई प्राथमिकता दिएर आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका साथै प्रदेश सरकारलाई आन्तरिक आयस्रोतमा टेवा पुर्याउने अभियान सुरु गरेको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले बर्दिवासमा प्रदेश स्तरीय“हाम्रो माया घर”निर्माण गर्न साउन २९ गते सम्म शिव पुराण महायज्ञ आयोजना गरिएको शिव पुराण महायज्ञ मुल आयोजक समितिका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए । 
उनका अनुसार सडकमा रहेका अनाथ र बेसाहारा मानवहरुको लालन पालन तथा संरक्षण गर्ने उद्देश्यका साथ बर्दिवास नगरपालीका २ मा प्रदेश स्तरीय“हाम्रो माया घर”को भवन निर्माण गर्न अति आवश्यक महसुस गरिएको र सुविधा सम्पन्न भवन निर्माणका लागि करिब रु ११ करोड लाग्ने अनुमान भएपछि सो रकम कसरी जुटाउन सकिन्छ भन्ने छलफल सुरु भएपछि चर्चित भागवत वाचिका राधिका दासीको विशेष पहलमा“हाम्रो माया घर”को भवन निर्माणार्थ सहयोग रकम संकलन गर्ने उद्देश्य सहित श्रावण २९ गते मंगलवार सम्म शिव पुराण महायज्ञ आयोजना गरिएको हो ।
भागवत वाचिका दासीले प्रवचन दिने शिव पुराण महायज्ञ साउन २९ गते मंगलबार सम्म सञ्चालन हुने र महायज्ञमा संकलन भएको रकमले बर्दिवास नगरपालीका २ मा प्रदेश स्तरीय“हाम्रो माया घर”को भवन निर्माण गर्ने आयोजकले जनाएको छ।प्रदेश स्तरीय“हाम्रो माया घर“को भवन निर्माण गर्न बर्दिवास नगरपालिका २ मा करिब पाँच कठ्ठा जमिन लिएको र सुविधा सम्पन्न भवन निर्माण गर्न करिब ११ करोड लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 
प्रदेश स्तरीय“हाम्रो माया घर“को भवन निर्माण गर्न बर्दिवास नगरपालिका र मधेश प्रदेश सरकारका साथै सघीय सरकारबाट पनि सहयोग जुट्ने आफुहरुले अपेक्षा गरेको शिव पुराण महायज्ञ मुल आयोजक समितिका अध्यक्ष गौतमले बताए ।साउन २० गते एक औपचारिक कार्यक्रम गरी प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोईरी,मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल कुमार यादव,शिक्षा राज्य मन्त्री शारदा देवी थापा,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री सहित जनप्रतिनिधिहरुले प्रदेश स्तरीय“हाम्रो माया घर“को भवन निर्माण गर्न आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका आयोजकले जनाएको छ ।
आयोजकका अनुसार भागवत वाचिका दासीले निःशुल्क नौ दिनसम्म शिव पुराण वाचन गर्ने साथै प्रदेश स्तरीय“हाम्रो माया घर“को भवन निर्माण गर्न आफुले पनि सकेको सहयोग गर्ने बताएकी शिव पुराण महायज्ञ मुल आयोजक समितिका प्रवक्ता एवम सचिव चेत बहादुर थापाले बताए। ५० हजार भक्तजनले दर्शन गर्ने महायज्ञमा संकलन भएको भेटी(रकम)लाई सकेसम्म कम खर्चगरी बचाएर प्रदेश स्तरीय“हाम्रो माया घर“को भवन निर्माणमा लगानी गर्ने उनले बताए ।

सम्बन्धित समाचार