गणेश खड्का
सर्लाहीको बलरा नगरपालिका ८ मा प्रथम नगर स्तरिय मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । बलरा नगरपालिका ८ स्थित रहेको जनता मावि गडहियाको खेल मैदानमा सुरु भएको प्रथम नगर स्तरिय मेयरकप क्रिकेट टुर्नामेन्टको निवर्तमान संविधान सभा सदस्य शिव पुजन रायले उद्घाटन गरेका हुन ।

बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुशवाहको अध्यक्षता एवम निवर्तमान संविधान सभा सदस्य रायको प्रमुख आतिथ्यतामा प्रथम नगर स्तरिय मेयरकप क्रिकेट टुर्नामेन्टको उद्घाटन गरिएको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले जानकारी दिए ।
टुर्नामेन्टमा प्रथम हुनेलाई रु २५ हजार,द्धितिय हुनेलाई रु १५ हजार र तृतिय हुनेलाई रु १० हजार नगद पुरस्कार प्रदान गरिने प्रथम मेयर कप क्रिकेट टुर्नामेन्टको आयोजक बलरा नगरपालिकाले जनाएको छ ।

उनका अनुसार कार्यक्रममा गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र राय यादव,जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी,शसस्त्र प्रहरीबल नेपाल नम्बर १० हे।क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल रप्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडी९गौरब० लगायतको आतिथ्यता रहेको थियो ।
