शंखर पहाडी(गौरब)
सर्लाहीको मलंगवा नगरपालिका २ मा सडक फराकिलो बनाउने बाहनामा सडक क्षेत्राधिकार भन्दा बाहिरको घर भत्काएको पाइएको छ । राजनैतिक आग्रह पुर्वाग्रहका कारण मलंगवा नगरपालिका २ का वडा अध्यक्ष धिरेन्द्र साहले सडक चौडा बनाउने बाहनामा आफ्नो घर भत्काएका मलंगवा नगरपालिका २ का राकपुकार राय यादवले बताए ।
मलंगवा नगरपालिका २ का रामपृत महतोको घरदेखि सत्यनारायण साहको घर सम्मको सडकलाई ८ मिटर बनाउने भन्दै सडकको क्षेत्राधिकार खाली गराउने बाहनामा अरुको घर नभत्काई आफ्नो मात्रै घर भत्काएको रायले बताए । प्रदेश तथा प्रतिनिधि सभासदस्यको निर्वाचन २०७९ मंसिर ४ को आचार संहिता लागिसकेको अवस्थामा वडा अध्यक्ष साहले कार्तिक १५ गते राती करिब ९ बजे ५ मिटर ढलान सडक रहेको स्थानमा ८ मिटर बनाउँने भन्दै आफ्नो मात्रै घर भत्काएका पीडित रायले बताए ।

भत्काए पछिको रामपुकारको घर
पुनरावेदन अदालत जनकपुरले तत्कालका लागि कुनै पनि घर नभत्काउन भन्दै कार्तिक १४ गते निषेधाज्ञा आदेश जारी गरेको थियो । तर सो आदेशलाई वेवास्था गर्दै बनाउनु पर्ने सडकको क्षेत्राधिकार भन्दा बाहिर रहेको र आफ्नो मात्रै घर भत्काएका पीडित रायले बताए ।
उनले भने ५ मिटरको ढलान बाटो रहेको स्थानमा बाटो ८ मिटर बनाउने भनेर सो सडक क्षेत्र भित्र नपर्ने आफ्नो घर भत्काए अरु घरहरु बाँकी छन् । पुनरावेदन अदालत जनकपुरले कार्तिक १४ गते नै मलंगवा नगरपालिका २ को कार्यालय र मलंगवा नगरपालिकाको नाममा निषेधाज्ञा आदेशजारी गरेको भएपनि निर्वाचनको आचारसंहिता अवधिमा त्यस प्रकारका कुनै पनि कार्य गर्न नगरपालिकाले आदेश नदिएको नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताएका थिए ।
तर वडा अध्यक्ष साहले कार्तिक १५ गते राती ९ बजे जेसिवि प्रयोग गरि सडक क्षेत्राधिकार भन्दा बाहिर रहेका आफ्नो मात्रै घर राजनैतिक आग्रह पुर्वाग्रह राखेर भत्काएका पीडित परिवारको भनाई छ । सडक क्षेत्राधिकार भन्दा बाहिर रहेको आफ्नो मात्रै घर भत्काएको र अहिले सडक पहिला रहेको ५ मिटर नै कायम गर्ने भनिएपछि आफुहरु पीडित भएको रायले बताए ।
यता,वडा अध्यक्ष साहले वडा कार्यालयले एक हप्ते सुचना जारी गरेपनि सो सुचनालाई अटेर गरेका कारण मंसिर १५ गते राती जेसिवी बोलाएर रामपुकार रायको घर भत्काएको स्वीकार गरे । उनले भने घर भनेर ठुलो घर होईन,सानै घर थियो ।रामपुकार आफैँले हटाउन नमानेपछि म आफैँले जेसीवी बोलाएर हटाउन लगाएको हुँ ।
आफुलाई पुनरावेदन अदालतले निषेधाज्ञा आदेश जारी गरेको थाहा नभएको समेत वडा अध्यक्ष साहले बताए । तर उनले सडक चौडा बनाउने विषयमा सडक क्षेत्राधिकार खाली गराउन एक हप्ते सुचना जारी गरेपनि अहिले पनि सो क्षेत्रमा बाँकी संरचना हटाइएको छैन् । उनले सडकको ढलानको काम रामपुकारको घरसम्म भई सकेको पनि बताए । तर ५ मिटरको नै काम भएको पनि बताए ।