कर्माचारी र जनप्रतिनिधिहरु विच तालमेल नमिल्दा स्वास्थ्य सामाग्री र औषधी स्वास्थ्य संस्थामा अभाव

3.4k Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि सर्लाहीका स्थानिय निकायहरुले थप चासोका साथ व्यावस्थापकिय काम सुरु गरेका छन् । छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको र भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर जाने अवस्थामा पुगेपछि जिल्लाका स्थानिय निकायहरुले कोरोना संक्रमण समुदाय स्तरमा नफैलियोस भनेर उच्च सर्तकताका साथ व्यावस्थापकिय काम सुरु गरेका छन् ।
त्यसैक्रममा लालबन्दी नगरपालिकामा रहेको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा पनि कोरोना संक्रमितहरुका लागि उपचारका गर्न भन्दै अक्सिजन सहितका ३० वटा वेड तयारी अवस्थामा राखिएको प्राथमिक स्वास्थ्य केन्द्र प्रशासनले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले पिसीआर परिक्षणका लागि थ्रोट स्वाव संकलन, आरडिटीबाट परीक्षण, रुघा, खोकी, ज्वरोको उपचार सेवा उपलब्ध गराउँदै आएको छ । तर २४ सैं घण्टा स्वास्थ्य सेवा प्रवाह गरि रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आवश्यक मात्रामा पिपिइ,मास्क,स्यानिटाईजर,फेस सिल्ड र ग्लोब्सका साथै आवश्यक मात्रामा औषधीको अभाव सृजना भएको गुनासो चिकित्सकहरुबाट आउन थालेको छ । 
चार÷चार जना एमविविएस चिकित्सकहरु कार्यरत रहेको स्वास्थ्य संस्थामा औषधीका साथै पिपिइ,मास्क,स्यानिटाईजर र ग्लोब्सको अभाव छ भन्दा पत्याउन गार्हो हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा  सबै समुहका गरी २८ जनाको दरबन्दी रहेको भएपनि हाल १४÷१५ जना मात्र कर्माचारीहरु कार्यारत रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सैं घण्टा आकस्मिक सेवा ,गर्भपतन सेवा, बहिरंग सेवा, अल्ट्रासाउन्ड ,भिडियो एक्सरे,इसिजी र टिबी रोगको विशेष परिक्षण प्रयोगशाला समेत सञ्चालनमा रहेको छ । 
प्राथमिक स्वास्थ्य केन्द्रकी निमिक्त प्रमुख डा.प्रगती रानाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा हाल पिपिइ,मास्क,स्यानिटाईजर,फेस सिल्ड र ग्लोब्सका साथै सामान्य औषधी समेत अभाव भएको छ । भने जिल्लाकै दोस्रो ठुलो स्वास्थ्य केन्द्र लालबन्दीमा कोरोना संक्रमितहरुको उपचार समेत भई रहेको भएपनि अक्सीजन सहितका अति आवश्यक औषधी तथा स्वास्थ्य सामाग्रीहरुको अभावले आफुहरुले गरेको काममा आफैँ सन्तुष्ट हुन नसकेको उहाँले बताउनु भयो । साथै आफुहरुले माग फारम भरेर नगरलाई बुझाएको भएपनि नगरले आवश्यक मात्रामा स्वास्थ्य सामाग्रीहरुका साथै औषधीहरु दिन नसकेको उहाँको भनाई छ ।
माग फारम कर्माचारीले भर्नु पर्ने भएपनि कर्माचारीहरुले माग फारम नै नभरेको पाइएको प्राथमिक स्वास्थ केन्द्र लालबन्दीका अध्यक्ष एवम लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष गोपाल घिमिरेले बताउनु भयो । साथै आफुले नगरसंग विशेष छलफल गरि नगरको स्वास्थ्य शाखामा रहेका स्वास्थ्य सामाग्रीहरुका साथै औषधीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन पहल गर्ने उहाँले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्रको प्रशासन अहिले सम्म यस्तो चिज आवश्यक पर्यो भनेर नआएका कारण नगरको स्वास्थ्य शाखाको स्टोरमा रहेका स्वास्थ्य सामाग्री र औषधी दिन नपाएको लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो । हाल प्राथमिक स्वास्थ्य केन्द्रमा २ वटा अक्सीजन सिलिण्डर बाँकी रहेका र सोमबार बिहान अरु ८ वटा सिलिण्डर प्राथमिक स्वास्थ्य केन्द्रमा आई पुग्ने सह संयोजक खतिवडाले बताउनु भयो । उहाँले आफुहरुले पुर्याउन नजाने माग्न आएको खण्डमा दिने र प्राथमिक स्वास्थ्य केन्द्रबाट अहिले सम्म केही पनि यस्तो चााहियो भनेर माग्न नआएको बताउनु भयो ।

सम्बन्धित समाचार