मन्त्री किराँतीद्वारा आदिवासी जनजाति युवा महासंघकाे आठौं सम्मेलन उद्घाटन

840 Shares

दुर्गा कुमारी अधिकारी
आदिवासी जनजाति युवा महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलन नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले उद्घाटन गर्नु भएको छ । सर्लाहीको हरिवनमा आजबाट सुरु भएको महासंघकाे आठौं सम्मेलन बुधबार सकिने आदिवासी जनजाति युवा संघ नेपाल सर्लाहीका अध्यक्ष संजिव माेक्तानले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सम्मेलनको उद्घाटनका अवसरमा हरिवन बजारमा आदिवासी जनजातिको र्याली, झाँकीसहित विविध कार्यक्रम आयोजना गरिएको छ । सम्मेलनले भावी नीति, कार्यक्रम, योजना र कार्यदिशा तय गर्ने महासंघका महासचिव किरण श्रेष्ठले बताउनु भयाे ।उहाँका अनुसार कार्यक्रमका प्रमुख अतिथि मन्त्री किराँतीले आदिवासी जनजातिकाे पहिचान समेटिएको पुस्तक विमाेचन समेत गर्नु भएको छ । 


सम्मेलनमा निवर्तमान मन्त्री शम्भुलाल श्रेष्ठ,सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथाेकी,बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी माेक्तान लगायत राजनैतिक दलका नेता एवम कार्यकर्ताहरुका साथै आदिवासी युवाहरुकाे उपस्थिति रहेकाे छ ।

सम्बन्धित समाचार