नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा पासवान प्यानल विजयी

963 Shares

दुर्गा कुमारी अधिकारी
नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा प्रवीण कुमार पासवान विजयी भएका छन् । बिहीबार दिउँसो सकिएको मतगणना अनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा पासवान विजयी भएका हुन । 
उनले ७ सय ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार गणेशप्रसाद उप्रेतीले ५ सय ४६ मत मात्रै प्राप्त गरेका छन् । उप्रेती पासवानसँग २ सय ३५ मतान्तरले पराजित भएका हुन् । शिक्षक संघको जिल्ला कार्य समितिमा संस्थापन पक्षका पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ । भने उप्रेती संस्थापन इतर पक्षका हुन ।
नेपाल शिक्षक संघ सर्लाहीको उपाध्यक्षमा ७ सय १५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु रायले ५ सय ९२ मत मात्रै प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा उषा कुमारी ७ सय ४ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी आशा कुमारी घिमिरेले ६ सय १० मत प्राप्त गरेकी छन् । सचिवमा ६ सय ८७ मतसहित रामशरण राय विजयी भएका छन् । रायका प्रतिस्पर्धी रमेशकुमार चौधरीले ६ सय २१ मत प्राप्त गरेका छन् । अर्थ सचिवमा ६ सय ८८ मत ल्याएर नारायण महतो विजयी हुँदा उनका प्रतिस्पर्धी विरन्ची प्रसाद साहले ६ सय २६ मत मात्रै प्राप्त गरेका छन् । 
यसैगरी,खुल्ला सहसचिवमा ७ सय मत ल्याई राजु थापा विजयी हुँदा उनका प्रतिस्पर्धी  उपेन्द्र रायले ६ सय ५ मत प्राप्त गरेका छन् । महिला सहसचिवमा  सय ६७ मत ल्याइ रिंकु कुमारी पाण्डे विजयी हुँदा उनकी प्रतिस्पर्धी सुचित्रा चौधरीले ६ सय २६ मत ल्याएकी छन् । समावेशी सहसचिवमा ६ सय ६४ मत ल्याइ गर्भु महतो र ६ सय १० मत ल्याइ वीरेन्द्र झा विजयी भएका छन् ।
यसैगरी, खुला सदस्यहरुमा युक्ति राम,चन्द्रशेखर मिश्र,रामईश्वर महतो र रामेश्वर प्रसाद कुशवाहा विजयी भएका छन् । प्रदेश महिला प्रतिनिधिमा ललिता कुमारी शर्मा र मनोरमा सिंह विजयी भएकी छन् ।प्रदेश प्रतिनिधि खुलामा रामप्रसाद दाहाल, सरोजकुमार सिंह,नवराज थापा र मुकेश कुमार ठाकुर विजयी भएका छन् । 
त्यसैगरी,संघीय महाधिवेशन प्रतिनिधिमा लक्ष्मी बानियाँ र रमाकुमारी भट्टराई विजयी भएकी छन् भने संघीय महाधिवेशन प्रतिनिधि खुलामा मनोजकुमार शर्मा,शिवकुमार महतो र माधवप्रसाद दाहाल निर्वाचित भएका छन् । नेपाल शिक्षक संघ सर्लाहीको नवौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार महावीर जनता बहुमुखी क्याम्पस हरिपुरमा मतदान भएको थियो ।
मतदानमा नेपाल  शिक्षक संघमा आवद्ध १ हजार ६ सय १२ शिक्षक,शिक्षिकाहरु मध्ये १ हजार ३ सय ७५ जना शिक्षक,शिक्षिकाहरुले मतदान गरेका थिए । कांग्रेसको संस्थापन र संस्थापन इतर दुई गुटले नेपाल शिक्षक संघको निर्वाचनमा उम्मेदवारी दिएका थिए । जस मध्य एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित समाचार