Close This

२७ औँ मदन आश्रीत स्मृति दिवश सर्लाही पनि मनाईयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३ गते   ३११ पटक हेरिएको

सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीले २७ औँ स्मृति दिवस मनाएको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको नेकपाको नेताहरुले बताएका छन ।
मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा नेकपाले मान्ने गरेको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो । उहाँहरुको सम्झनामा नेकपा सर्लाहीले सर्लाहीको लालबन्दीमा रहेको मदन आश्रीत स्मृति भवनमा मदन आश्रीतको २७ औँ स्मृति सभा मनाएको नेकपा सर्लाहीका सचिव कलम बुढाथोकीले जानकारीदिनु भयो । 
कार्यक्रममा केन्द्रीय सदस्य तथा पार्टी जिल्ला ईन्चार्ज डाचाराज वाग्ले,अचुतम काफ्ले ,प्रह्लाद बुढाथेकी, प्रदेश सभा सदस्य बेची  लुगेंली,डिल्लीराज उप्रेती लगायत जिल्ला स्थानिय निकायका जनप्रतिनिधिहरु र नेकपाका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको नेकपा सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech