Close This

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८

पत्र पत्रिका    प्रकाशित: २०७७-२-३ गते   २९० पटक हेरिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । 

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु छ ।https://ekantipur.com/

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech