शंखर पहाडी(गौरब)
सर्लाहीको सागरनाथ वन विकास परियोजनाभित्र व्यापक मात्रामा काठ तस्करी भएको छ । परियोजना भित्रको बाँके जंगलमा व्यापक मात्रामा काठ तस्करी भएको हो । परियोजनाको क्षेत्रभित्र व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको प्रमाण सहित समाचार प्रकाशन भएका छन् । परियोजनाका प्रमुख राम किशोर यादव र परियोजनाका सहायक वन अधिकृत शिवेन्द्र चौधरीको मिलेमतोमा परियोजना क्षेत्र भित्रको जंगलबाट व्यापक मात्रामा काठ तस्करी भएको परियोजना स्रोतको दाबी छ ।
परियोजना क्षेत्र भित्रको बाँके जंगलबाट व्यापक मात्रामा काठ तस्करी हुँदा समेत परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरी मौन देखिनुले उनीहरुको मिलेमतोमा परियोजना क्षेत्र भित्रको काठ तस्करी भएको स्पष्ट हुन्छ ।
परियोजना क्षेत्र भित्र व्यापक मात्रामा काठ तस्करीको समाचार प्रकाशन भएपछि परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी कहिले सर्लाहीका प्रमुख जिल्ला अधिकारी त कहिले जिल्लाका केही जातिय पत्रकारहरु भएको ठाउँमा पुगेका छन् । परियोजना प्रमुख यादवले सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आफ्ना भाई रहेका भन्दै उनलाई फोन समेत गर्न लगाएका थिए । भने अर्का एक यादव पत्रकारले परियोजना प्रमुख यादव आफ्ना दाई भएकाले परियोजनाको नै फोन गरेका थिए । ती पत्रकारलाई परियोजना प्रमुख यादवले कमलामाई मिडिया प्रा.लिका पत्रकारले घुमाउने पाराले पौसा मागेका समेत बताए । आफ्नो गल्तीहरुको प्रमाण सहित समाचार प्रकाशन भएपछि आफुलाई अप्ठ्यारो पर्ने भएपछि प्रमाण सहित समाचार प्रकाशन गर्ने पत्रकारलाई विभिन्न आरोप लगाउँदै पन्छीने दाउमा परियोजना प्रमुख यादव लागि परेका छन् ।
प्रमुख जिल्ला अधिकारी यादवसंग हारगुहार गर्न पुगेका परियोजना प्रमुख यादवले उप राष्टपति आफ्ना मान्छे रहेका कारण समाचार प्रकाशनले कुनै फरक नपर्ने भन्दै आफ्नो कमिसन असुली धन्दा र परियोजना भित्रको अतिक्रमणबाट कमिसन असुल्ने काम रोकिएको छैन् । भने सहायक वन अधिकृत चौधरी पनि समाचार प्रकाशनले आफुलाई कुनै फरक नपर्ने बताउँदै आफ्नो धन्दालाई निरन्तता दिई रहेका परियोजना स्रोतको दाबी छ ।
परियोजनाको बाँके जंगलमा परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरीको मिलेमतोमा व्यापक काठ तस्करी भएको भन्दै प्रमाण सहित समाचार प्रकाशन भएपछि अतालिएका परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरीको विषयमा वन पैदावार विकास समिति केन्द्रीय कार्यालयलाई समेत जानकार िभएपछि परियोजनामा हाल रहेका एक सय ४६ जना कर्माचारीहरुले नौ महिनादेखि तलब खान नपाउनु कारण केहो भनी जवाफ माग भएको थियो ।
उक्त समितिले सोधेको प्रश्नमा गैर जिवममेवारपुर्ण जवाफ दिएका परियोजना प्रमुख यादवले परियोजनाको सरकारी सवारी साधनमा परियोजनाका चौकीदारहरुलाई लिएर परियोजनाको काठ वीरग्नजमा लगेर आफ्नो घरमा झ्याल ढोका समेत बनाएका छन् । परियोजनाका चौकीदारहरु करीब १५ दिन वीरगन्जमा नै बसेर परियोजना प्रमुख यादवको घरमा झ्याल ढोका बनाउने काम गरेका स्रोतको दाबी छ । परियोजनाको सरकारी सवारीसाधनमा परियोजनाको काठ लिएर जाने र आफ्नो घर बनाउने परियोजना प्रमुख यादव कै लार्पबाहीका कारण परियोजनामा रहेका एक सय ४६ जना कर्माचारीहरुले नौ महिनादेखि तलब खान पाएका छैनन् ।
सवुत प्रमाण सहित समाचार प्रकाशन भएपछि अतालिएका परियोजना प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी यादवलाई परियोजनामा बोलाएर भोज समेत खुवाई आफुलाइृ बचाउन भन्दै हार गुहार गरेका परियोजना स्रोतको दाबी छ । परियोजना भित्रको काठ लिलाम विक्रि नगर्ने,परियोजना भित्रका विभिन्न पोखरीहरु कमिसन असुलेर स्थानीयलाई भोगचलन गरि खान दिने,परियोजनाका यस अघिका कार्यालय प्रमुखहरुले परियोजना अतिक्रमण हुने भन्दै रोकेका ठाउँहरुमा हालका परियोजना प्रमुख यादवले धमाधम सो काम गराएका छन् ।
त्यसैगरी परियोजना प्रमुख यादव र साहायक वन अधिकृत चौधरीको मिलेमतोमा ईश्वरपुर नगरपालिका ४ स्थित रहेको अमुवा खोल्सीबाट नदीजन्य पदार्थ अवैध तरिकाबाट उत्खनन् समेत भएको छ । ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजना सर्लाहीअन्तर्गत पर्ने अमुवा खोल्सीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीले कमिसन लिएर अवैध तरीकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न दिएका परियोजना स्रोतको दाबी छ ।
इश्वरपुर नगरपालिका ४ स्थित रहेको परियोजनाको कार्यालय नजिकै उत्तर तर्फ रहेको खेल मैदानको छेउमा परियोजनाको अतिक्रमण गरि भवन बनाउदा समेत परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरी मौन देखिएका छन् ।
यस अघिका परियोजना प्रमुखहरुले परियोजनाको जग्गा अतिक्रमण भएको भन्दै रोकेका स्थानहरुमा हालका परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीले आर्थिक प्रलोभनमा परेर धमाधम काम गराएका छन्। साथै परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर परियोजना भित्रका विभिन्न स्थानमा रहेका पोखरीहरु आर्थिक चलखेल गरि स्थानीयलाई दिएका छन् भने परियोजनाको जग्गा अतिक्रमण गरी नयाँ पोखरीहरु खन्न दिएका छन् ।
यता वन पैदावर विकास समितिले अमुवा खोल्सीमा भएको उत्खन्नको, परियोजना भित्रको काठ तस्करी र परियोजनाका उक सय ४६ जना कर्माचारीहरुको तलब ९ महिनादेखि नखुवाएको विषयमा जवाफ माग समेत गरेको छ । परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर समितिले विक्रि लिलामी गर्न अनुमती दिएका परवानीपुरका सिसौ,परियोजना परिसरमा थुपारेर राखिएको सालका काठ अहिले लिलामी समेत गरेका छैनन् ।
परियोजना परिसरमा थुपारेर राखेको काठ लिलामीका लागि ठेक्का आव्हान गरिएको भएपनि परियोजना प्रमुख यादव र साहायक वन अधिकृत चौधरीले ठेकेदारहरुसंग कमिसन मागेपछि ठेकेदारले काठ सकार गरेका छैनन् ।
परियोजनामा उत्पादन भएको पैदावार विक्रि वितरण गरेर आएको रकमले परियोजनामा कार्यरत कर्माचारीहरुले तलब खाने गरेका भएपनि उत्पादीत पैदावार विक्रि,लिलामी हुन नसक्दा अहिले एक सय ४६ जना कर्माचारीहरुले तलब खान पाएका छैनन् ।
मिलेमतोमा परियोजना भित्रका काठ तथा नदीहरुको तस्करीमा कमिसन र नदीजन्य पदार्थबाट कमिसन असुलेर परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको रासन भक्ता चलेको भएपनि नौ महिनादेखि तलब खान नपाउँदा आफुहरुको भान्सामा चुलो नबल्ने अवस्था आएका परियोजनामा कार्यरत एक कर्माचारीले बताए ।
परियोजनाका सहायक वन अधिकृत चौधरीले इश्वरपुर नगरपालिका १५ मा रहेको सुजित सःमिल तथा फर्निचर उद्योगलाई परियोजनाको काठ चोरी पैठारी गरी पठाउने त्यहाँबाट कमिसन असुल्ने गरेको समेत रहस्य बाहिरिएको छ ।
साथै,परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतोमा आर्थिक प्रलोभनमा परेर परियोजना क्षेत्रहरु भित्र वन अतिक्रमण गरि घर टहरा बनाउन दिएका,पोखरी खन्न दिएका,वनजङ्गल चोरी तस्करी हुँदा समेत मौन बसेका स्थानीयको आरोप छ । यता,
वन पैदावर विकास समितिले सो विषयमा पटक पटक चासो राखेको समितिकी अध्यक्ष दिपा दाहाल(सिवाकोटीले बताईन् । उनका अनुसार परियोजना प्रमुख यादवसंग परियोजना भित्रको अमुवा खोल्सीमा भएको उत्खनन्को,परियोजना भित्रको काठ तस्करी र परियोजनामा कार्यरत एक सय ४६ जना कर्माचारीहरुको तलब ९ महिनादेखि नखुवाएको विषयमा जवाफ माग समेत भएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवको साथ पाएपछि परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरीले पत्रकारले लेखेर केही नहुने भन्दै आफ्नो धन्दालाई निरन्तरता दिएका छन् । परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर समितिले विक्रि लिलामी गर्न अनुमती दिएका परवानीपुरका सिसौ,परियोजना परिसरमा थुपारेर राखिएको सालका काठ अहिले सम्म लिलामी समेत गरेका छैनन् । भने परियोजना भित्रको काठ तस्करी हुँदा समेत सामुदायिक वनको काठ तस्करी भएको बताउँदै परियोजनाको काठ तस्करी हुने गरेको समेत पाइएको छ ।
२०३५ सालमा स्थापना भएको सागरनाथ वन विकास परियोजना सर्लाही,महोत्तरी र रौतहटको कुल १३ हजार ५ सय हेक्टरमा फैलिएको थियो । तर हाल १२ हजार हेक्टर जग्गा मात्रै परियोजनाको नियन्त्रणमा रहेको छ ।