मलंगवा १ बाट शसस्त्र प्रहरीद्वारा लागू औषध बरामद्

871 Shares

गणेश खड्का
सर्लाहीको मलंगवा नगरपालिका १ स्थित सिमा क्षेत्रबाट शसस्त्र प्रहरीले लागू औषध बरामद् गरेकाे छ । 
मलंगवा नगरपालिका १ भेडैया स्थित नेपाल भारत सिमा क्षेत्रबाट शसस्त्र प्रहरी बल सिमा सुरक्षा( बिओपी) खुटाैनाबाट गस्तिमा खटिएको शसस्र प्रहरीको टाेलीले एक सय ९८ बाेतल लागू औषध काेडिवेल बरामद् गरेकाे हाे ।
मलंगवा नगरपालिका १ भेडैया क्षेत्रका गस्तीमा रहेकाे शसस्त्र प्रहरीको टाेलीलाई देखेपछि झाेपा फालेर मानिस फरार भए पछि साे झाेलामा रहेकाे सामान जाँचवुझ गर्ने क्रममा एक सय ९८ बाेटल लागू औषध काेडिवेल बरामद् भएको शसस्त्र प्रहरी स्राेतले जनाएको छ ।
नियन्त्रणमा लिईएकाे  एक सय ९८ बाेटल लागू औषध काेडिवेल आवश्यक कार्बाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएकाे शसस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार