Close This

देश विकाशको मेरुदण्ड शिक्षा ः नगर प्रमुख भण्डारी

पत्र पत्रिका    प्रकाशित: २०७६-९-२७ गते   ४७४ पटक हेरिएको


शिक्षाको विकासले नै समग्र देशको विकास गर्ने बाराको कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले बताउनु भयो ।
कोल्हवी नगरपालिका ४ सपहीको सपही कलेजको सातौ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले यस्तो बताउनु भयो । शिक्षा, स्वास्थ्य तथा सडक लगायतको विषयमा कोल्हवी नगरपालिका गम्भीर भएर लागेको साथै नगरपालिकाबासीले शिक्षा, स्वास्थ्य तथा सडकको अभाव महसुस गर्न नपर्ने नगर प्रमुख भण्डारीले बताउनु भयो ।
गुणस्तरीय शिक्षा दिदै कलेजलाई अगाडी बढाउन नगरपालिकाले गर्नुपर्ने सबै सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech