Close This

डेढ वर्षमा बर्दिवास विरगञ्ज रेल गुडाउने विभागको तयारी

रासस    प्रकाशित: २०७७-६-५ गते   ३३५ पटक हेरिएको

महोतरीको बर्दिबास देखि पर्साको विरगंजसम्मको १ सय ३६ किलोमीटर रेलमार्ग मध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्रयाकमा पटरी ओछयाउने बाहेकका अन्य काम सकिएको छ ।
बर्दिबास देखि पर्साको विरगंजसम्मको १ सय ३६ किलोमीटर रेलमार्गको जंगली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तिब्रगतीमा भएको छ भने पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ ।
पुर्व मेचीदेखि महाकाली अन्तर्गत जयनगर—बर्दिबास र बर्दिबास—विरगंज रेल संचालमा आइसकेपछि जनकपुर सहित प्रदेश २ को सांस्कृति र पर्यटकीय सहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल सरकारको दाबी छ । २ सय किमी प्रति घण्टा गुड्ने योजना सहित विद्युतिय रेल बर्दिबास—वीरगञ्ज रेल संचालनमा आएपछि बर्दिबासबाट वीरगंज मुश्किलले पौने एक घण्टा भित्रै पुग्न सकिने विभागले जनाएको छ ।
भारतीय पक्षले रक्सौल ५ किलोमीटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर्दिवास–सिमरा १ सय ८ किमिको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किमि खण्ड पुर्वाधार निर्माण कार्य पुर्ण रुपमा सम्पन्न गरेको छ ।
नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ । अवस्था समान्य भए सबै निर्माण कार्य पुरा गरी करिब डेढ वर्ष भित्रै बर्दिबास—वीरगञ्ज रुटमा रेल संचालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रको दाबी छ ।
कोरोना महामारीका कारण बर्दिंबास—विरगंज खण्डमा निर्माण कार्य प्रभावित भएको भन्दै अवस्था सामान्य भएमा  चाँडै निर्माण कार्यले तिव्रता पाउने महानिर्देशक मिश्रले बताउनु भयो ।
वि.सं. २०६७ मा साउन महिनामा भारतीय कम्पनी राइटस कन्सल्टयान्टले प्रतिकिलोमीटर ३५ देखि ४५ करोड लागत लाग्न सक्ने सहितका सम्भाव्यता अध्ययन गरेको आधारमा ५ वर्षभित्र पुरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ६९ अर्ब ५२ करोडको लागतमा ९ सय ४५ किमिको पूर्व पश्चिम रेलमार्गको कार्य अघि बढेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech