ज्यान सम्बन्धी कसूर अपराधका फरार प्रतिवादी चाैधरी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१९ गते   ६३७ पटक हेरिएको

सर्लाही ईश्वरपुर नगरपालिका ८ बयलवास बस्ने अन्दाजी  ४० वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाकाे कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियारकाे शव २०७० असोज २९ गते बिहान  फेला परेको थियाे ।

साे घटनाको अनुसन्धान गर्ने क्रममा ईश्वरपुर नगरपालिका ८ बयलवासका चौधरी संलग्नता रहेकाे खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ईश्वरपुर नगरपालिका ८  बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टाेलीले चाैधरीलाई पक्राउ गरेको हो । उनलाई थप कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौया सिरहामा बुझाइएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech