सर्लाहीको बागमती नगरपालिकाले स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्षमा गरेको गतिविधिहरु सार्वजनिक गरेको छ । २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनको एक वर्ष पुरा गरेपछि नगरपालिकाले नगरमा गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।
दोस्रो कार्यकाल पनि निर्वाचित भएका नगर प्रमुख भरत कुमार थापा सहित उप प्रमुख लिला कुमारी मोक्तान र अधिका.श वडाहरुको टिमले गरेको नगरको विकास तथा नगरमा भए गरेका गतिविधिहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले जानकारी दिए ।
नगरपालिकाका विभिन्न वडाहरुका सात हजार पाँच सय घरधुरी सुकुम्बासीहरुको व्यावस्थापन गरिएको, नगरका सामुदायिक विद्यालयहरुका भौतिक पुर्वाधारहरुका साथै शैक्षिक गतिविधिहरुमा गरेको सुधार,नगर भित्र रहेका तीनवटा विद्यालयहरुमा प्राबिधिक शिक्षा (जसमासिभिल इन्जिनियरिङ ,पशु विज्ञान र वाली विज्ञान) संचालन,सुत्केरी सुरक्षा पोषण भत्ता छोरा जन्मे तीन हजार छोरी जन्मे पाँच हजार, पशु सुत्केरी भत्ता, कृषि योग्य भुमिको राजस्व छुट,नगर गौरवको आयोजनाहरु(फनपार्क निर्माणाधिन, बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन,नगर बगैँचा,नगर भित्रको करिब तीन सय किलोमिटर सडकको स्तरोउन्नती, दुई सय मिटर बाटो पिच तथा कालो पत्रे,१५ शैयाको नगर अस्पताल निर्माणाधिन,जेष्ठ नागरिक,महिला,पिछडा वर्ग लक्षित कार्यक्रम संचालन,कृषि पेशालाइ बिशेष ध्यान दिँदै खाद्यान्न भन्डारणको निर्माण लगायतका महत्वपुर्ण कामहरु भएका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार चुरे क्षेत्रमा पिउने पानीको समस्या ( लिफ्ट प्रबिधीबाट पानी संचालन)समाधान,नगर स्तरिय वर्थिङ सेन्टर संचालन,नगर भरी चारवटा स्वास्थ्य केन्द्र संचालन र दुई वटा स्वास्थ्य इकाइ स्थापना लगायतका काम भएका छन् ।दिर्घ रोगीहरुलाई उपचार र अति आवश्यक औषधीहरु निःशुल्क,खानेपानीको समस्या हुन नदिन नगरभरी विभिन्न स्थानमा पानी ट्यांकीको निर्माण,नेपालकै उच्च प्रबिधी युक्त रोडसाइड स्टेशनको डिपिआर तयारी गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिईन् ।
त्यसैगरी बागमती नदी किनारमा प्रविधियुक्त आर्यघाट निर्माणाधिन र बुद्ध पार्क निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । १२ वटा वडाहरु रहेको बागमती नगरपालिकामा वडा नम्बर ८ र १० बाहेकका वडाहरुमा नेकपा(माओवादी केन्द्र)ले जितेको भएपनि नगरको विकासमा सबै जनप्रतिनिधिहरुको एकमत रहेका कारण नगरपालिकाले यतिको विकास गर्न सफल भएको नगर प्रमुख थापाले बताए ।