पर्सा ६ वाट तीन लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद्

1k Shares

सर्लाहीको पर्सा गाउँपालिका ६ बाट भन्सार छलीको ठुलो मात्राको सामान बरामद्् भएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही,शसस्त्र प्रहरी बल सिमा सुरक्षा (बिओपी)संग्रामपुर र सखुअवाबाट संयुक्त रुपमा खटिएको शसस्त्र प्रहरीको टोली सहित सर्लाही भन्सार कार्यालय र करदाता सेवा कार्यालय मलंगवाबाट खटिएको संयुक्त टोलीले  पर्सा गाउँपालिका ६ का देवेन्द्र यादवको घरमा लुकाई छिपाई गैर कानुनी तरिकाबाट राखिएको कार्पेट तथा अन्य विभिन्न सामानहरु बरामद् गरेको हो ।
पर्सा गाउँपालिका ६ का यादवको घरमा लुकाई छिपाई गैर कानुनी रुपमा राखिएको कार्पेट र नेपाल भारत सिमा क्षेत्रबाट भन्सार छली नेपाल ल्याउँदै गरेको सजावटका सामानहरुका साथै कृतिम फुल गरि करिब कुल रु तीन लाख १० हजार बराबरको भन्सार छलीको सामान बरामद् भएको शसस्त्र प्रहरीले जनाएको छ ।
बरामद् भएको सामानहरु स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा सर्लाही भन्सार कार्यालय पठाइएको छ । नेपाल भारत खुल्ला सिमाना भएका कारण तस्करहरुले भन्सार छली गैर कानुनी रुपमा विभिन्न सामानहरु नेपाल प्रवेश गराउने गरेका छन् । तर पछिल्लो समयमा शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीमा सिसं ३ का शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी र शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीमा सिसं १ का शसस्त्र प्रहरी डिआईजी दिपेन्द्र साहका साथै मधेश प्रदेशका जिल्लाहरुमा भविष्य बोकेका शसस्त्र प्रहरी अधिकृतहरु आएपछि सिमा क्षेत्रमा हुने गैर कानुनी कार्य निकै घटेको छ । भने तस्करहरुको निदहराम भएको छ ।
छिन्नमस्ता बाहिनीका बाहिनी पति साहका साथै मधेश प्रदेशका आठै जिल्लाहरुमा रहेका शसस्त्र प्रहरीका गणपतिहरु,गुल्मपति,वेशपति र बिओपी पतिहरु सक्रिय भएर गैर कानुनी रुपमा सिमा क्षेत्रमा हुने गतिविधिहरुमा लागेपछि अहिले मधेश प्रदेशका तस्करहरुको  निदहराम भएको हो ।

सम्बन्धित समाचार