सर्लाहीको बसबरिया गाउँपालिका २ मानपुरकी एक किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । बसबरिया गाउँपालिका २ मानपुरकी एक अन्दाजी १६ वर्षिय किशोरको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बसबरिया गाउँपालिका २, मानपुरका महेन्द्र सहनीकी अन्दाजी १६ वर्षीया छोरी किरण कुमारीले केही दिन पहिला गर्भपत्तन गराएकी र स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भई उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
किरण कुमारीले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि सेवन गरेकी र स्वास्थ्यमा समस्या देखापरेपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्न गएकी अविवाहित किशोरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
करिव छ महिनाको गर्भ रहेकोमा गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तश्राव भइ उपचारका लागि जेठ २१ गते उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको भएपनि रक्तश्राव नरोकिएपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
जनकपुरमा उपचारका क्रममा जेठ २३ गते शल्यक्रिया गरी किरणको गर्भबाट मृत शिशु निकालिएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । अस्पतालका अनुसार त्यसपछि उनलाई आइसियू कक्षमा राखेर उपचार गरिएको भएपनि आईतबार दिउँसो रत् किरण कुमारीको आज दिउँसो मृत्यु भएको हो । किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्वन्धको गर्भ रहेको थाहा पाएपछि गर्तपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको स्रोतको दाबी छ ।
यता,घटनाबारे जानकारी प्राप्त भएको र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार मृतक महिलाको पोष्टमार्टम गरिदिन र आवश्यक कागजात उपलब्ध गराइदिन भन्दै प्रादेशिक अस्पताल जनकपुरलाई पत्राचार गरि सकिएको छ ।