फर्निचर उद्योगमा छापामारी,मनवामा बोल्डर र बालुवा जफत

365 Shares

पर्साको बहुदरमाई नगरपालिकाको डकैहना चोकमा रहेको फर्निचर उद्योगमा वनकर्मीहरुको टोलीले छापामारी विभिन्न फर्निचरहरुका सामानहरु जफत गरेका छन्।सव डिभिजन वन कार्यालय बड्निहारबाट खटिएको वन गस्ती टोलीले बहुदरमाई नगरपालिकाको डकैहना चोकमा रहेको फर्निचर उद्योगमा छापामारी उद्योगको गोदाममा रहेका विभिन्न किसिमका फर्निचरहरुका सामानहरु जफत गरेको डिभिजन वन कार्यालय वीरगन्ज,पर्साका डिभिजन वन अधिकृत एवम प्रमुख मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार सव डिभिजन वन कार्यालय बड्निहारका प्रमुख एवम सहायक वन अधिकृत नवनीत मिश्रको कमाण्डमा गएको वनगस्ती टोलीले फर्निचरको गोदाममा छापामारी टेबल फ्रेम,कुर्सी फ्रेम, पलङको खाट,किचेन र्याक र टुक्रा फर्निचर लगायतका समान जफत गरेको हो ।यता,सोही क्षेत्रबाट एक ट्रयाक्टर दाउरा र तीनवटा साईकल समेत बरामद भएको हो।वन गस्तीमा रहेको सव डिभिजन वन कार्यालय बड्निहारको टोलीले साईकलमा लोड गरी ल्याउँदै गरिएको दाउरा सहितको साईकल नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय बड्निहारका प्रमुख एवम सहायक वन अधिकृत मिश्राले बताए ।
त्यस्तै,पर्सागढी नगरपालिकाको मनवामा अवैध रुपमा संकलन गरिएको चार ट्रयाक्टर बोल्डर र आठ ट्रयाक्टर बालुवा वन गस्ती टोलीले जफात गरेको छ।जफत गरिएको फर्निचर,बालुवा र बोल्डर सव डिभिजन वन कार्यालय बड्निहारको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान अघि बढाईएको डिभिजन वन कार्यालय वीरगन्ज,पर्साका डिभिजन वन अधिकृत एवम प्रमुख अहमद्ले जानकारी दिए ।

सम्बन्धित समाचार