१ वर्षमा रौतहट ट्राफिकद्धारा ३ करोड माथि राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-२ गते   ५९२ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी 
रौहतट ट्राफिकद्धारा आर्थिक वर्ष २०७९/०८० मा करिब रु तीन करोड भन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०७९/०८० मा रु  तीन सय करोड एक लाख चार हजार राजश्व संकलन गरेको हो । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गरी आर्थिक वर्ष २०७९/०८० को साउन देखि असार सम्ममा रु रु  तीन करोड एक लाख चार हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख प्रहरी निरिक्षक विमला  कठायतले जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनमा एक हजार चार सय ७० सवारी साधनहरुलाई कार्बाहरुलाई रु तीन करोड १ लाख१४ हजार राजश्व संकलन भएको हो । जसमा  साउनमा एक हजार चार सय ७० वटा सवारीसाधनहरुलाई कार्बाही गर्दा रु १० लाख १४ हजार पाँच सय,भदौमा तीन हजार एक सय पाँच सवारी साधनबाट २० लाख,असोजमा दुई हजार तीन सय १५ सवारी साधनबाट १७ लाख १३ हजार,कार्तिकमा तीन हजार आठ सय २३ वटा सवारी साधनबाट २९ लाख ३२ पाँच सय,मंसिरमा तीन हजार एक सय ४४ वटा सवारी साधनबाट २८ लाख ९० हजार पाँच सय,पुषमा दुई हजार नौ सय ८७ वटा सवारी साधनबाट  २४ लाख ७६ हजार,माघमा तीन हजार चार सय सवारी ासधनबाट २७ लाख ४५ हजार पाँच सय,फागुनमा तीन हजार एक सय सवारी साधनहरुबाट २५ लाख १० हजार पाँच सय,चैत्रमा तीन हजार चार सय ५० वटा सवारी साधनहरुबाट २९ लाख १० हजार पाँच सय,बैशाखमा तीन हजार तीन सय ५० वटा सवारी साधनबाट २९ लाख ११ हजार पाँच सय,जेठमा तीन हजार एक सय १० वटा सवारी साधनबाट ३० लाख एक हजार पाँच सय र असारमा चार हजार पाँच सय २८ वटा सवारी साधनहरुबाट २९ लाख ९८ हजार गरी कुल तीन हजार आठ सय ८२ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा तीन करोड एक लाख चार हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख प्रहरी निरिक्षक कठायतले जानकारी दिइन् ।
कार्यालयमा अनुसार आर्थिक वर्ष २०७९÷०८० को साउनमा ५६ वटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु,भदौमा ६२ वटा सवारी साधनहरुको दुर्घटना हुँदा छ जनाको मृत्यु,असोजमा ८८ वटा सवारी साधनहरु दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको,कार्तिकमा ५८ वटा सवारी साधन दुर्घटना हुँदा तार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मंसिरमा ५१ वटा सवारी साधनहरु दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । पुषमा ४५ वटा सवारी साधनहरु दुर्घटना हुँदा चार जनाको मुत्यु भएको,माघमा ५७ वटा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । फागुनमा ५५ वटा सवारी साधनहरु दुर्घटना हुँदा चार जना,चैत्रमा ४३ वटा सावरी साधनहरु दुर्घटना हुँदा पाँच जनाको र बैशाखमा ४९ वटा सवारी साधनहरुको दुर्घटना हुँदा चार जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख प्रहरी निरिक्षक कठायतले बताइन् ।
भने जेठमा ३४ वटा सवारी साधनहरुको दुर्घटना हुँदा तीन जना र असारमा ४७ वटा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि असार सम्मको अवधिमा छ सय ४५ वटा सवारी साधनहरु दुर्घटना हुँदा ५० जनाको ज्यान गएको छ । भने दुई सय ५८ जना गंभिर घाईते र सात सय ८९ जना सामान्य घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech