सर्लाहीका दुई पालिकाबाबा बालबालिकाहरुलाई बाल भित्तेपत्रिका सम्वन्धी तालिम सुरु

754 Shares

दुर्गा कुमारी अधिकारी

सर्लाहीका दुई पालिकाका बालबालिकाहरुलाई बाल भित्तेपत्रिका सम्वन्धी ५ दिने तालिम बुधबार(आज)बाट लालबन्दीमा सुरु भएको छ । जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका बालबालिकालाई बाल भित्ते पत्रिका सम्वन्धी ५ दिने तालिम बुधबारबाट(आज)बाट लालबन्दीमा सुरु भएको हो ।

बागमती सेवा समाज नेपाल हरिवनकोे बाल संरक्षण तथा बाल स्पोन्सरशीप परियोजना अन्तर्गत वल्ड भिजन इन्टरनेस्नल नेपालसँगको समन्वयमा दुई पालिकाका बालबालिकाहरुलाई बाल भित्तेपत्रिका सम्वन्धी ५ दिने तालिम बुधबार(आज)बाट लालबन्दीमा सुरु गरिएको बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।


उनका अनुसार हरिपूर्वामा रहेको केश्वर गरिब जनता मावि र हरिपूर्वा नगरपालिका ८ बसन्तपुर गाउँबाट समुदाय स्तरका बालबालिकाहरु र पर्साको  पब्लिक मावि र नेपाल राष्ट्रिय बैजु जनता माविका बालबालिकाहरु तालिममा सहभागीता रहेको छ ।

संस्थाको परियोजना जिल्लाका यी दुई पालिकामा सञ्चालनमा रहेको र यी दुई पालिकामा गरेका गतिवधिहरुलाई बालबालिकामार्फत बाल भित्ते पत्रिका प्रकाशित गर्ने उद्देश्यले तालिम प्रदान गरिएको बागमती सेवा समाज नेपाल हरिवनका कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिए । तालिमको सहजीकरण योग शर्माले गरेका आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार