चिनी सहित नियन्त्रणमा लिएका तीनवटै ट्रक जफत गर्ने निर्णय,ट्रक साहुहरु चिन्तामा

एसपि गौरव    प्रकाशित: २०८०-४-६ गते   ६१० पटक हेरिएको

सर्लाहीको विभिन्न स्थानबाट विभिन्न मितिमा भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिईएका तीन वटा ट्रकलाई जफत गर्न महोतरी भन्सार कार्यालय जलेश्वरले निर्णय गरेको छ । सर्लाहीको हरिवन नगरपालिका १० स्थित नयाँरोडबाट गत भदौ २९ गते दुई वटा ट्रक र नौ सय ८० बोरा चिनीका साथै बलरा क्षेत्रबाट असोज ७ गते एउटा ट्रक सहित चार सय ६० बेरा चिनी सर्लाही प्रहरीले नियन्त्रणमा लिएर सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको थियो ।

न्सार छलीको ठूलो परिमाणमा चिनीसहित पक्राउ परेका तीन वटै ट्रकहरु नियन्त्रणमा परेको दुई महिना पछि सर्लाही भन्सार कार्यालय मलंगवाका तत्कालीन प्रमुख दिपेन्द्र झाले आर्थिक चलखेल गरि छाडेका थिए ।तत्कालीन भन्सार प्रमुख झाले तीन वटा ट्रकबाट रु नौ लाख कमिसन लिएर ट्रकलाई छाडिदिएका थिए ।
भन्सार ऐनको ५० (६) क र ५७ (१) ख अनुसार तीन वटै ट्रकलाई छाडिएको दाबी गरि रहेका सर्लाही भन्सार कार्यालयका तत्कालीन प्रमुख झाको पनि सरुवा भई सकेको छ  तर उनी सरुवा भएर जानु पहिलै तीन वटै ट्रकलाई पुन नियन्त्रणमा लिएका थिए । छाडिएका ट्रक नियन्त्रणमा लिन निर्देशन दिँदै भन्सार विभागले झालाई स्पष्टिकरण समेत सोधेको थियो । कमिसनका लागि जे गर्न पनि तयार हुने भन्सार अधिकृत झा ट्रक छाडिएको विषयमा समाचारहरु आएको र विभागले ताकेता गरेपछि शक्तिकेन्द्रहरुमा समेत धाएका थिए ।
भन्सार छलीको ठुलो परिमाणको चिनी सहित नियन्त्रण्मा लिईएका ना ७ ख ६१४५,प्रदेश २–०३–००१ ख ६५८५ र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरका ट्रक भन्सार अधिकृत झाले भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिएको भन्दै ठुलो रकम चलखेल गरि छाडेका सम्बन्धीत ट्रकका साहुहरु नै बताउँछन् । तत्कालीन भन्सार अधिकृत झाले नीयमसंगत ट्रकहरु छाडिएको दाबी गरि रहेका थिए तर पछि आफैँले नियन्त्रणमा लिएपछि ट्रकका साहुहरुसंग लिएको कमिसन फिर्ता गर्न भन्दै भन्सार अधिकृत झालाई ट्रकका साहुहरुले दवाव दिएका थिए ।
तर भन्सार अधिकृत झाले आफुले लिएको कमिसन फिर्ता नगरी आफैँ सरुवा भएर गएपछि ट्रकका साहुहरु चिन्तामा परेका छन् भने महोतरी भन्सार कार्यालय जलेश्वरले तीनवटै ट्रकको विषयमा अनुसन्धान गरि जफत गर्ने निर्णय गरेपछि ट्रकका साहुहरु राजश्व न्यायधिकरणमा धाउन थालेका छन् ।सर्लाही भन्सार कार्यालय मलंगवाका तत्कालीन भन्सार अधिकृत झाले सो समयको मुचुल्का सच्याएका समेत स्रोतको दाबी छ ।
प्रहरी टोलीले नियन्त्रणमा लिएको ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रकको रु दुई करोड ६० लाख र नौ सय ८० बोरा चिनीको अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु दुई करोड २८ लाख ६० हजार र जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकको रु ३० लाख र चार सय ८० बोरा चिनीको करिब रु १४ लाख ४० हजार मुल्याङ्कन गरि तीनवटा ट्रकको रु एक करोड ९० लाख र एक हजार चार सय ६० बोरा चिनीको अन्दाजी रु ८३ लाख गरि कुल रु दुई करोड ७३ लाख मुल्यांकन गरि प्रहरीले भन्सार बुझाएको थियो ।
भन्सार कार्यालय प्रमुख झाले नेपाली नम्बर प्लेटका ट्रक भएकाले लिलामी गर्न नमिल्ने र चिनी पनि जसको थियो उसैले सकारेर लगेको भन्दै उन्मुक्ती पाउन खोजेका थिए ।तर पछि भन्सार विभागलाई गोप्य स्रोतले जानकारी गराएपछि विभागले झालाई स्पष्टीकरण समेत सोधेको थियो । पहिला आर्थिक चलखेलमा परेर खुसुस्क छाडेका ट्रक विभागले स्पष्टिकरण माग गरी नियन्त्रणमा लिएको र जफत गर्ने निर्णय गरेपछि भन्सार अधिकृत झाले आफुले लिएको नौ लाख कमिसन फिर्ता गर्न आफु तयार रहेको ट्रकका साहुहरुलाई बताएका स्रोतको भनाई छ ।
प्रक्रिया पुरा नगरी आर्थिक चलखेलबाट छाडिएका तीन वटै ट्रकको विषयमा भन्सार विभागका तत्कालीन महा प्रवन्धक कमल भट्टराई र तत्कालीन अर्का महा प्रवन्धक चक्र बहादुर बुढालाई गोप्य स्रोतले जानकारी गराएपछि विभागले भन्सार अधिकृत झालाई पटक पटक स्पष्टिकरण सोधेको थियो भने छाडिएका तीनवटै ट्रक नियन्त्रणमा आएका थिए । 
यता,ट्रकका मालिकहरुले पहिला आफ्नो ट्रक कसरी छुट्यो र फेरी नियन्त्रणमा कसरी पर्यो र अहिले जफत कसरी भयो भन्ने सबै प्रमाणहरु आफुसंग रहेको र राजश्व न्यायधिकरणले निर्णय गरेपश्चात सोही अनुसार अगाडि बढ्ने बताएका छन् ।उनीहरुले आफ्नो ट्रकको विषयमा राजश्व न्यायधिकरणले के निर्णय गर्छ त्यसपश्चात आफुहरुले न्याय नपाए तत्कालीन प्रहरी नायव उपरिक्षक श्रेष्ठ,प्रहरी उपरिक्षक प्रविण पोख्रेल,शसस्त्र प्रहरीका अधिकारीहरुका साथै भन्सार अधिकृत झा सहितको पर्दाफाँस गर्ने बताए । 
ति तीन वटै ट्रकलाई आर्थिक चलखेलमा परेर नछाड्ने अडान लिएका तत्कालीन भन्सार अधिकृत मुरारी प्रसाद काफ्लेको तीनै ट्रक र चिनी काण्डको बाहनालाई लिएर विभागले समयावधि नै नपुगि सरुवा गरेको थियो । भने भन्सार अधिकृत झालाई रातारात सर्लाही पठाएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech