लालबन्दी साझेदारी नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी

1.5k Shares

सर्लाहीको लालबन्दी साझेदारी वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि आज(शनिबार) मतदान भएको छ । लालबन्दी साझेदारी वन उपभोक्ता समितिको नयाँ नेतृत्व सहमतीबाट चयन हुन नसकेपछि आज(शनिबार) मतदान भएको हो ।
साझेदारी वनको मतदान हरिपुर नगरपालिका ५ स्थित रहेको महावीर जनता बहुमुखी क्याम्पसमा शान्तपूर्वक रुपमा सम्पन्न भएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए । उनका अनुसार शान्तीपुर्ण रुपमा शनिबार साँझ मतदान सकिएको र अहिले मतगणना जारी रहेको छ ।
लालबन्दी साझेदारी वन उपभोक्ता समितिका लागि ७८ वटा वडाहरुबाट छनोट भएर आएका र साझेदारी वन भित्र रहेका १० पालिकाबाट हरेक स्थानीय पालिकाले सिफारिस गरेका एक जना गरी १६ जना पदाधिकार िएवम सदस्यहरुका लागि भएको मतदानमा कुल पाँच सय ४६ मतदाताहरु रहेकामा पाँच सय नौ मत खसेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी दासले जानकारी दिए ।
उनका अनुसार एक अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा खेम बहादुर थापा,मन्जु कुमारी यादव र लालबाबु यादव अध्यक्ष पदका उम्मेदवार रहेका छन् । भने साझेदारीको सदस्य सचिवमा डिभिजन वन कार्यालयका वन अधिकृत रहने व्यावस्था छ । यो समाचार तयार पर्दा सम्म मतगणना जारी रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार