सर्लाहीको लालबन्दी साझेदारी वन व्यावस्थापन उपभोक्ता समुहका निर्वाचित पदाधिकारीहरु एवम सदस्यहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीको सभा हलमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि निर्वाचित पदाधिकारीहरु एवम सदस्यहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।
लालबन्दी साझेदारी वन व्यावस्थापन उपभोक्ता समुहको वार्षिक साधारण सभा अन्तर्गत साउन ६ गते भएको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरु सहित सदस्यहरुलाई वन नियमावली २०७९ को नियम ५७ अनुसार सपथग्रहण गराई प्रमाण पत्र वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार साझेदारीको अध्यक्षमा अन्जुदेवी यादव,मधेशी सदस्यमा जगदेव महतो,खुल्ला सदस्य रामदरेश राय,माधव कुमार सरकार,अवध कशिोर साह,हरेन्द्र कुमार यादव,रामविश्वास राय,रमेश राय यादव,दयाराम साह,दलित सदस्यमा चन्द्रिका वि.क,आदिवासी जनजाति सदस्यमा मानवीर माझी,महिला सदस्यहरुमा रुवी देवी,गीता देवी र पदक कुमारी ठोकरलाई सपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिएको हो ।
लालबन्दी साझेदारी वनको क्षेत्रमा पर्ने १० वटा पालिकाका ७८ वडाबाट ७ जनाले दरले छानिएर आएका प्रतिनिधिले मतदानमा भाग लिएका थिए।साझेदारीमा १६ जना पदाधिकारीहरु र सदस्यहरुका चयन भएका छन् भने सदस्य सचिवमा वन कार्यालयका अधिकृत रहने व्यावस्था रहेको छ ।भने समितिको उपा अध्यक्षमा बराबरी मत भएपछि समितिले नै चयन गर्ने निर्णय भएको हुँदा आज सपथ ग्रहण नभएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ।