सिरहा,महोतरी र पर्सा प्रहरीद्धारा बैकिङ प्रणालीबाट राजश्व संकलन गर्न सुरु

767 Shares

मधेश प्रदेशका तीन जिल्लामा पहिलो पटक ट्राफिक प्रहरीले बैकिङ प्रणालीबाट राजश्व संकलन गर्न सुरु गरेको छ । मधेश प्रदेशको सिरहा,महोतरी र पर्सामा सवारीसाधनको कार्बाहीबाट संकलन हुने राजश्व बैकिङ प्रणालीबाट संकलनको काम सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशको पर्सा,महोतरी र सिरहा गरी तीन जिल्लामा ट्राफिक नीयम विपरित सञ्चालन हुने सवारी साधनहरुलाई कार्बाही गर्दा संकलन हुने राजश्व पहिलो पटक  बैकिङ प्रणालीबाट संकलन गर्नु सुरु गरिएको हो ।
मधेश प्रदेशका आठ जिल्लाहरु मध्य तीन जिल्लाले आर्थिक वर्ष २०७९÷०८० मा सबै भन्दा धेरै राजश्व संकलन गरेका कारण पहिलो चरणमा पर्सा,महोतरी र सिरहा गरी तीन जिल्लामा बैकिङ प्रणालीबाट राजश्व संकलन गर्ने काम सुरु गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक भट्टराईले बताए ।
मधेश प्रदेशका आठ जिल्ला मध्य सबै भन्दा धेरै सिरहाले रु तीन करोड ८० लाख ४३ हजार त्यसपछि दोस्रोमा पर्साले रु तीन करोड ४२ लाख ६५ हजार र तेस्रोमा महोतरीले रु तीन करोड २३ लाख ६८ हजार पाँच सय राजश्व संकलन गरेको छ र यिनै जिल्लाहरुमा पहिलो चरणमा परिक्षणकालको रुपमा बैकिङ प्रणालीबाट राजश्व संकलन गर्ने काम सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेशले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा मधेश प्रदेशका सबै जिल्लाहरुमा बैकिङ प्रणालीबाट राजश्व संकलन गर्ने कार्यालयले लक्ष्य राखेको छ । मधेश प्रदेश मै पहिलो पटक बैकिङ प्रणालीबाट राजश्व संकलन गर्ने काम सुरु भएकाले यातायात व्यवासायीहरुलाई केही झन्झट भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेश प्रमुख भट्टराईले बताए ।
उनका अनुसार ट्राफिक प्रहरीसंग रसिद लिएर बैंकमा जानु लाईनमा बस्नु राजश्व तिर्नु र फेरी ट्राफिप प्रहरी कार्यालयमा आउनु गर्नु पर्दा झन्झट भएको यातायात व्यावसायीहरुबाट गुनासो आएपछि क्युआर कोडको व्यावस्थापन गर्न प्रहरी प्रधान कार्यालयसंग माग भएको समेत भएको छ ।
हाल पहिलो चरणमा मधेश प्रदेशका तीन जिल्लाका कुनै पनि स्थानमा भएका सवारी साधनहरुको चेकजाँचमा कार्बाही गर्नु पर्ने देखिएमा त्यस प्रकारका सवारी साधनहरुको कागजात ट्राफिक प्रहरीले राख्ने र २४ घण्टै रसिद दिने सोही रसिदका आधारमा राष्ट्रिय बाणिज्य बैकमा गएर ट्राफिक प्रहरी कार्यालयको राजश्व खातामा कार्बाही स्वरुप तोकिएको रकम जम्मा गरेर आएमा कार्यालयले नियन्त्रणमा लिएको कागजात उपलब्ध गराउने व्यवास्था गरिएको र यो सफल भए चालु आर्थिक वर्ष भित्रै मधेश प्रदेशका सबै जिल्लामा बैँकिङ प्रणालीबाट राजश्व संकलनको काम हुने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेश प्रमुख भट्टराईले बताए ।
उनका अनुसार जसबाट पटक पटक ट्राफिक प्रहरीलाई लाग्दै आएको कमिसन असुलीको आरोप आफैँ सकिने छ ।
 ट्राफिक प्रहरीको चेकिङको क्रममा कार्बाही गर्नु पर्ने फेला परेका सवारीसाधनहरुको आवश्यक कागजात ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र २४ घण्टे रसिद दिने साथै सो टिबीआरएस नामक सफ्टवेयरमा दर्ता गर्ने साथै यातायात व्यवसायीले बैकिङ प्रणालीबाट राजश्व तिरेको भौचर लिएर आएपछि फेरी सफ्टवेयरबाट हटाई नियन्त्रणमा लिएको कागजात फिर्ता गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेश प्रमुख भट्टराईले बताए ।
जसबाट पटक पटक ट्राफिक प्रहरीलाई लाग्दै आएको कमिसन असुलीको आरोप आफैँ सकिने छ ।ट्राफिक प्रहरीको चेकिङको क्रममा कार्बाही गर्नु पर्ने फेला परेका सवारीसाधनहरुको आवश्यक कागजात ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र २४ घण्टे रसिद दिने साथै सो टिबीआरएस नामक सफ्टवेयरमा दर्ता गर्ने साथै यातायात व्यवसायीले बैकिङ प्रणालीबाट राजश्व तिरेको भौचर लिएर आएपछि फेरी सफ्टवेयरबाट हटाई नियन्त्रणमा लिएको कागजात फिर्ता गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथ्लैया मधेश प्रदेश प्रमुख भट्टराईले बताए ।

सम्बन्धित समाचार