मौलिकता जोगाउँदै व्यावसायीक बन्दै लर्ड ब्राइडका विद्यार्थीहरु

एसपि गौरव    प्रकाशित: २०८०-४-२७ गते   ११८० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित जुटपानीमा रहेको लर्ड ब्राइड वइजडम इन्टरनेस्नल इङ्ग्लिस स्कुलले विद्यार्थीहरुलाई व्यावसायीक सिपमा पनि जोडेको छ ।पछिल्लो समय आधुनिकता भित्रिएसँगै परम्परागत दुना टपरीको प्रयोग घटिरहेको समयमा लालबन्दी नगरपालिका २ स्थित जुटपानीमा रहेको लर्ड ब्राइड वइजडम इन्टरनेस्नल इङ्ग्लिस स्कुलले विद्यार्थीहरुलाई व्यावसायीक सिप मार्फत दुना टपरी बनाउने तालिम सुरु गरेको हो ।
निजी विद्यालय भन्ने वितिकै कडा अनुशासन र कोरा किताबी किरा सम्झीने बानी परि सकेको समाजलाई सकारात्मक सन्देश पनि प्रवाह हुने र विद्यार्थीहरुलाई परम्परागत संस्कृतिको सम्झना पनि गराउने उद्धेश्यले दुना टपरी बनाउने सिप सिकाउन थालिएको लर्ड ब्राइड वइजडम इन्टरनेस्नल इङ्ग्लिस स्कुलका प्रिन्सिपल वसन्त खड्काले बताए ।
उनका अनुसार विद्यालयको कक्षा ७ देखि ९ सम्म पढ्ने छात्र तथा छात्रा दुना टपरी बनाउने तालिममा सहभागी भएका छन् ।विद्यालयले विद्यार्थीहरुलाई बत्ती काड्न तथा दुना टपरी बनाउने सिप सिकाउन सुरु गरेको विद्यालयकी व्यावस्थापक अजिता अधिकारीले बताइन् ।उनका अनुसार पछिल्लो समय हराएको मौलिकतालाई पनि जोगाई राख्न र विद्यार्थीहरुलाई व्यावसायीक सिपमा पनि सहभागी गराउन तालिम सुरु गरिएको हो ।
विद्यार्थीहरुले बनाएका बत्ती तथा दुना,टपरी स्थानीयले विभिन्न शुभकार्य पर्दा लिएर जान थालेका विद्यालय प्रशासनले जनाएको छ ।जिल्लामा यसरी निजी विद्यालयका विद्यार्थीहरुले बत्ती तथा दुना,टपरी बनाएर नमूना काम सुरु गरेका लालबन्दी नगरपालिकाको शिक्षा शाखाकी प्रमुख लक्ष्मी शिवकोटीले बताइन् । 
उनका अनुसार विद्यालय आफैँले आवश्यक सामग्री जुटाएर बत्ती तथा दुना,टपरी बनाउन सिकाउँने एक उद्धाहरणिय काम सुरु गरेको हो ।जसबाट निजी विद्यालयहरुको चर्काे शुलकको मारमा परेका अभिभावकहरुमा समेत केही राहत महसुस हुन थालेको छ ।यसरी सिकेको शीप पनि घर तथा व्यवहारमा समेत उपयोगी हुने भएकाले विद्यालयहरुले कोरा किताबी ज्ञान मात्र नभई मौलिकता तथा व्यावसायीकतामा जोड दिनु अत्यान्तै सकारात्मक पक्ष रहेको स्थानीय जानकारहरु बताउँछन् ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech